बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

कञ्चनपुरमा खेलाडीको छलाङ्गः खेल पुर्वाधारको अवस्था दयनीय


पश्चिम प्रेस
सोमबार, साउन ८ २०८०
  • 626
    Shares

  • images
    images
    कञ्चनपुरमा खेलाडीको छलाङ्गः खेल पुर्वाधारको अवस्था दयनीय
    images
    images
    images
    images

    महेन्द्रनगर । केही बर्षअघिसम्म कञ्चनपुरको महेन्द्रनगरमै खेल क्षेत्रमा प्रवेश गरेर राष्ट्रिय तथा साफ खेलमा समेत पदब बिजेतका कुस्तीका सुरेश चुनारा र शिवानी दुबे चीनमा हुने १९ औं एसियाली खेलकुद प्रतियोगितामा प्रतिस्प्रर्धाका लागि छनौट भएका छन् ।
    हाल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आवद्ध चुनारा र  डडेल्धुराबाट दुवे मुलुकको प्रतिनिधित्व गर्दै एसियालीको तयारी प्रशिक्षणका लागि कुस्ती टिमसंगै भारत जाँदैछन् । दुवै खेलाडी कुनै बेला सुदूरपश्चिमबाट खेल्दा आफ्नो तौल समुहमा स्वर्ण पदक बिजेता हुन । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साफ) दुवेले रजत पदक र चुनाराले काष्य जितेका थिए । 
    चुनारा र दुवे संगै कुस्तीबाट साफमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी संगिता धामी र साफमै पदक बिजेता खेलाडी महिषा सिंह पनि महेन्द्रनगरकै उत्पादन हुन ।
    कुस्ती खेलमा मुलुककै प्रतिनिधित्व गर्दै अन्र्तराष्ट्रिय स्तरमा अब्बल रुपमा प्रस्तुत भएका कुस्ती खेलाडी जन्माएको कञ्चनपुरको कुस्ती खेलको खेल संरचना भने दुखःद् छ ।
    लामो समयदेखि कुस्ती खेलाडी जिल्ला खेलकुद विकास समितिको कार्यालयसंगै जोडिएको साघँुरो हलमा प्रशिक्षणरत छन् । भने सुदूरपश्चिम प्रदेश सरकारबाट खेलकुद परिषद्मा निर्माण थालिएको कुस्ती हल अझ दुई बर्षदेखि अलपत्र छ ।
    “ कुस्तीका लागि हल बनाउन थालेको तेस्रो बर्ष लाग्यो ।” कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भने–“ यो पाली रु दश लाख आएको छ भन्ने छ ।”उनले कञ्चनपुरमा कुस्ती खेल आठौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताबाट उकालो लागेको बताए ।
    आठौं र नवौं राष्ट्रियमा गरी कञ्चनपुरले कुस्तीमा एघार स्वर्ण, ६ रजत र आठ काष्य जितिसकेको छ ।
    “ बिछ्याउने ठाउँ नभएर म्याट कभर तेक्वान्दोको हलमा थन्क्याएका छौं ।” चन्दले भने–“ अहिलेसम्म साघुँरो हलमा म्याटका भरमा प्रशिक्षण चलिरहेको छ ।”
    कुस्तीसंगै पछिल्लो केही बर्षयता कञ्चनपुरले भारोत्तलनमा समेत उत्कृष्ट प्रर्दशन गर्दै पदक जित्दै आएको छ । चीनमा हुने एसियाली खेलकुद प्रतियोगितामा भारोत्तलनबाट पनि कञ्चनपुरका विकास भट्ट छनौट भएका छन् । भने पुरुषतर्फ अर्का खेलाडी नेपाल प्रहरीका विशालसिंह विष्ट छनौट भएर बन्द प्रशिक्षणमा छन् । तर विशाल पनि कञ्चनपुरकै उत्पादन हुन ।
    महिलातर्फ भने भारोत्तलनमा त्रिभुवन आर्मी क्लबका शारदा चौधरी र नेपाल प्रहरीका टिकामाया गुरुङ्ग एसियालीका लागि छनौटमा परेका छन् । “ चार जना खेलाडीहरु लिएर पोखरामा बन्द प्रशिक्षण भइरहेको छ ।” एसियालीका लागि नेपालका भारोत्तलनको प्रशिक्षकको जिम्मेवारीमा रहेका कञ्चनपुरका प्रशिक्षक जीवन गौतमले भने–“ एसियलीका लागि बाह्य प्रशिक्षणका लागि पनि पहल हुदैछ ।”
    उनले कञ्चनपुरमा पदक ल्याउने खेल र खेलाडीहरु सरोकारवाल निकायबाटै बेवास्ता हुने गरेको दुखेसो पोखे ।
    “ मेडल ल्याउने खेलको न खेल पुर्वाधार राम्रो छ नत खेल सामाग्री नै उपलब्ध हुन्छ ।” प्रशिक्षक गौतमले भने–“ भनसुनका भरमा सहयोग मिल्ने प्रवृति हावी हुदै गयो ।”
    उनले यसअघि कञ्चनपुरबाट प्रतिनिधत्व गर्दै आएका भारोत्तलन खेलाडीलाई खेल पोशाक समेत दिन आनाकानी गरिएको बताए ।
    “ जुनियर खेलाडीका प्रशिक्षणका लागि धेरै आइरहेको भएपनि खेलाउने हल छैन् ।” उनले भने–“ प्रशिक्षणका लागि खेलाडीले हातमा लाउने चकको डिब्बा समेत नपाएको स्थिती छ ।”
    यहाँस्थित जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टले कञ्चनपुरमा दश खेलको प्रशिक्षण हुने गरेको बताए ।
    यहाँ अन्र्तराष्ट्रिय स्तरमा राम्रो प्रर्दशन गर्नेमा कुस्ती, भारोत्तलन, भलिबल, कवड्डी लगायतका खेलका खेलाडीहरु छन् ।
    त्यसैगरी कराते, बक्सिङ्ग, एथ्लेटिक्स लगायतका खेलका खेलाडीहरु राष्ट्रिय स्तरबाट माथि उक्लिन सकेका छैनन् ।
    यहाँ भलिबल, बक्सिङ्ग, तेक्वान्दो, कराँते, कवड्डी लगायतका खेलको आफ्नै भौतिक संरचना (हल) छन् ।
    कार्यालय प्रमुख भट्टले जिल्लामा खेल संरचना निर्माण हुने क्रम चलिरहेको बताए । “ अहिले रु १४ करोडको लगानीमा प्रदेश सरकारको सहयोगमा बहुउद्देश्यीय कवर्डहल बन्दैछ ।” भट्टले भने–“ एसियाली खेलकुदमा यहाँबाट कति खेलाडी परे अहिले नै अभिलेख राखिसकेको छैन् ।”
    उनले बजेट र कार्यक्रम माथिल्लो निकायबाट नआउँदा जिल्ला तथा प्रदेश स्तरीय खेलकुद प्रतियोगिताहरु आयोजना हुन छाडेको बताए ।
    “ यहाँ प्रशिक्षणरत अधिकांश खेलका खेलाडीहरु राष्ट्रिय स्तरसम्म पुग्ने गरेका छन् ।” उनले भने–“ तर एकआध खेलका खेलाडीले मात्रै पछिल्लो समय अन्र्तराष्ट्रिय प्रतियोगितामा पुग्न सफल भएका छन् ।”
    उनले रोजगारीको अभाव र भविष्यको सुनश्चितताका लागि यहाँ उत्पादन भएका खेलाडीहरु विभिन्न विभागीय टिममा जाने क्रम चल्दै आएको बताए ।
    यहाँ पछिल्लो समय क्रिकेट मैदान पनि कवर्डहल परिसरमा बनिरहेको छ । नेपाली क्रिकेट जगतमा परिचित ना भीम सार्की, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र प्रदीप ऐर पनि यहाँकै उत्पादन हुन ।


  • सम्बन्धित विषय:

  • # खेल पुर्वाधार
  • प्रतिक्रिया दिनुहोस