बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

डोट्याली संस्कृतिमाइ कालो मुइना


शनिबार, भदौ ९ २०८०
  • 867
    Shares

  • images
    images
    डोट्याली संस्कृतिमाइ कालो मुइना
    images
    images
    images
    images

    यथा श्रावण: मासोsयं तथा किचिन्न मे प्रियम् ।

    सकामो फलदश्‍चायं निष्कामस्य तु मोक्षद: ।। (श्रावण मास माहात्म्य २/१७/२१)

    डोट्याली संस्कृति आफुइमाइ भउत सेट (धनी ) संस्कृति हो । यइ ठउरा भाका, बोली, काथडा, पइरन, भेषभुषा, खानपान, लवाइखवाइ, चाँडबाँड सपइ चिजुनबठे हमरि संस्कृति भउत समृद्ध, समुन्नत संस्कृति हो । जइ भितरि भउत भउत इसा कुरडि रइर्‍यान् । इन कुरडिनले हमरि पछ्याण पुराइ फिजिरइछ । इनमध्ये एक चाँड र मुइना रुपमाइ रह्यो सउनो मुइना कालो मुइना रुपमाइ पछ्याणिन्छ । सउना मुइनालाइ कालो मुइनालइ भुण्णान् । हमरि संस्कृतिमाइ कालो मुइना महत्त्व छ भुण्ण्या कुरडि यइ लेखमाइ बतुन झान्लार्‍युँ ।

    images

                कालो मुइना सउनो मुइना हो । यइ मुइनालाई  हमरि संस्कृतिमाइ बत्ती बाल्ल्या मुइनालइ भुण्णान् । हमरा बुबुबज्यानले ( पूर्खा) ले बनाया चालचलन अइला बिज्ञानसितलइ अकाट्य छन् । बुबबज्यानले बनाया यिन कुरडिनलाइ अइल हेरन्ज्याँ सब हमरि लेखाइ काम लाग्ग्या छन् ।  सउनकि रात अन्यारचुप्पु हुन्छि, चारइतिर अन्धकार हुन्छ । तब घर, माणुन, द्यउरुन  (मन्दिर) सपइतिर भगबानुनका नउले बरतु बसिबरे बत्ति बाल्ल्या नियम बनाइदियो । जइल गद्दा कि भयो कि  अन्यारालाई हटुनाकि थोडा बहुत मदत मिल्यो । इस्याइ बत्ति बाल्ल्या नियम बनुन्ज्याँ तो पाछासम्मु झान्ज्याँ एक संस्कृतिनइ बनी । हमरि संस्कृति वैदिक संस्कृतिबठे पौराणिक कालसङसङै लोक प्रचलनमाइ आयाकि धेकिन्छि । ‘तमसो मा ज्योतिर्गमय’ भुण्ण्या संस्कृतो भणाइ (सूक्‍ति)ले एइ कुरडिलाइ पुष्टि गरन्छ । अन्याराबठे उज्यालातिर आफु सङ्ङ्इ अरलाइ लइ लइझान्या कुरडि एइल बतुन्छ ।

                हमरा यइ ठउरा मान्सु सउना मुइना बाता बाल्लु झानु भुणि चोखाभोका रइबरि माणु, द्यउरुन झानान् । आइमाइ र पुरुष दुवैथरि मान्सु व्रतोपासनासङ्इ धुपबत्ति बाल्लान्, पुजा आराधना गद्दान्, रुद्रिको पाठ गद्‌या गरुन्या भक्तिभावपुर्ण भजन भइरन्या चालचलन दिनदिनुइ होइराखन्छ । इनुइ लोक चलनुन्‌काइ अनुसारलइ श्रावण माहात्म्यमाइ यइको महत्त्वलाइ इस्यारि चिनाइराखिछ : ‘शिष्टा: सुपूजिता लोका दुर्जनाsपि महाजना:’ बैगुणि भ्याबरिलइ ठुलो मान्सु बन्या शिष्ट, सभ्य हुन खोज्याबरे केइ नभ्याबरेलइ यइ संसारमाइ अरुनकिलइ मानसम्मान गद्द जाण्ण सक्याबरेलइ उइ मान्सलेलइ मानसम्मान पउन्या हो । मान्सुन्‌का मनुन्‌कि यइ चोखि भावनासङ्ङै डोट्यालि संस्कृतिमाइ चौमासभरि इनुइ पुजा अर्चना इस्याइ गरिबरे चलिरनान् । जिवनभरिका प्रत्येक वर्षु, मुइना, पक्षु, सप्ताह, बारलइ पइटलइ के न के बर्तुनका उपासना भइरनान् । विसेस गरिबरे यइ साउना मुइना पुतारिन, गेदिन, सउबारो व्रतुलइ उपास्सान् । इस्यारि पइल्लिका मान्सु सउना मुइना सक्याबरे मुइनाइ भरि नसक्या १५ दिन, ७ दिन, ५ दिन, ३ दिन, केइ नभ्यालइ १ दिन त बत्ति बालन्थ्या । अइला मान्सुलइ आफ्नि श्रद्धा र शक्तिअन्सार बत्ति बाल्लान् । माणुन्माइ अउरात बस्सान् । अउरात भुण्यो अहोरात्र अर्थात् खाना नखाइबरे भोको बसिबरे देवतानका नउले बत्ति बालिबरे माणुनमाइ (मन्दिर) रातदिन पुरइ जागरण बस्सु हो । ब्या गर्‍या पइल्ला बर्ष ब्यउलि (नव दुलही) यइ मुइना माइत बसन्थ्या  । अइल इथ उथ झान्या कामका गद्‍दाले १५, १०, ५, ३ दिन लइ बस्सान । कोइ नाइलइ बस्सा । कसइ साल यइ मुइना मलमास(अधिकमास) लइ पड्डान । मलमासुनमाइ लइ ब्या गर्‍या पइल्ला बर्ष आफना लोग्न्या मुख नाइ हेद्‍दाभुणि माइतइ बस्सान् । एइको कारण कि हुनो हो भुण्या  उतिबेला नान्नानाइ चेलिन ब्या गद्‍या हुनाले सउना मुइना बरिखाका झडुनमाइ भिजिबरे काम गद्‍दा असजि हुन्या हुनाले आफ्‍नि ना:नि चेलिकि बचउ गद्‍दाकि बनायो चलन हुनो हो । नानि चेलिन ब्वारि भ्या पाछा दिनभरि भिजिभिजि काम गरन्ज्याँ बिमारिलइ हुनसक्क्या भ्या तबलइ इसो गर्‍यो हुनो हो । सउना मुइना आफना लोग्न्या मुख नाइ हेद्‍दा, लोग्न्याबठे  टाडा बस्सु पडन्छ भुण्ण्या चिजोलइ कारण हुन सकन्छ । सउना मुइना बउस्या स्वाइनिको एकआपसमाइ आकर्षण र यौनिक इच्छा बढी हुन सकन्छि । गेदाइ उमेरका चेलिबटिन् जो ब्वारि बनाइबरे भित्रियाबरिलइ नान्नानिइ भया हुनाले तिनरान्‌को शारीरिक र मानसिक ख्याल/सुरक्षा गद्दाकि लेखालइ इसो चलन बनायो हुन सकन्छ । बरिखाका मुइनाका इनुइ सामाजिक, पारिवारिक र प्राकृतिक घटनानबठे नान्नानि चेलिनलाइ बचुनाखि लेखा इसो गर्‍यो होलो ।   

                यइ मुइनाकि सकराँतलाइ हरेल्याइ सकरात भुण्णान् । हरेलो भुण्यो रोपाइका एक नजकइका खेतका बिच्चइमाइ एक मुठो बि राखिबरे इथउथबटा गोलो बनाइ रोप्या ठउर मेलो हाङोलइ( जङ्गलमा फल्ने नास्पाती वर्गको फल), झिझिरकाणि (कुरिलो) को हाङोलइ गइट्टु हो । घोगाड (मकै बारी)  धनाडलइ ( छिटुवा धान)  हरेलो गइट्टान । आफ्नि खेतपातिकि रक्षा गर्‍या भुणिबरे भुम्म्या, द्यउ, पितरुनलाइ सम्झिन हो । अइले त यो चलन हरान् पस्यो हो । यइ मुइना एक लोकगितलइ छ :

    ‘माल झिझिरकाणि कइ बाटा झु

     ठुलठुला गडखेत नान्नाना खु

                            माल झिझिरकाणि कइ बाटा झु...

     यइको आशय कि हो भुण्या हर्‍याल्याइ सकरातिका दिन घरा माल(ढोका), झ्यालुनलइ झिझिरकाणि को हाङो लगुनान । झिझिरकाणिको हाङो लगायाबरे घरभितरि भुत प्रेत नाइझाना भुण्ण्या बिस्स्वास रइरइछ । सउना मुइना सब घरा ठुला काम गद्‍द्या मान्सु खेतपाति गोड्‍डु नेल्लु हुन्या भ्या नाना गेदामेदा मात्तरि घरमुणि हुन्या हुनाले भुतले इसो भुण्यो बनाइ राखिछ । झिझिरकाणि लगायाबरे घरभितरि भुतप्रेत नाइ पस्सा । हमलइ हमरा गेदाले सुरक्षित हुनान् भुण्ण्या बिस्स्वास गर्‍यो धेकिन्छ । सउनकि रात, पुसकि परभात, जेठकि दोफरि भुतप्रेतको चल्ल्या बेला भइकि हुनाले इसा बेला भाइर नाइहिट्टु भुण्ण्या लोक प्रचलनमाइ छ ।

    सउनकि सुकिलि पक्षमाइ गुरुलाइ माण्ण्या पन्यु (पूर्णिमा) पडन्छि । भितरिका आँखा खोलिदिन्या गुरुलाइ मानपान दिइ उनले धेकाया बाटामाइ हिट्टु भुण्णु गुरुपन्यु माण्ण्णु हो । सपहइ पल्लिकि गुरु सपकि आफ्नि मतारि /  इजा ( आमा) प्रकृति, दोसरा गुरु बाबा रे तेसरा गुरु हमरा पढुन्या शिक्षा दिन्या  गुरु हुन्या भ्याले सपले इजा / प्रकृति बाबा रे गुरुले बताया ज्ञान लिइबरे उनुनले धेकाया बाटामाइ हिट्टु निको हुन्या धेकिन्छ । हमरि संस्कृतिमाइ यिनरानको लइ भउत ठुलो महत्त्व छ ।

    चौमास(चतुर्मास) व्रतोपासनानका इनिउइ पक्षनमाइ नागपञ्चमि, जनैपन्यु/ बोकालि पन्यु, रक्षा पन्युलइ पड्डान् । झिक हइलइ झिक जिव जनावरुन्लाइ काम नलाग्ग्या विख आफुइले सोसिबरे वरपर साफ राख्ख्या स्याप(सर्प) कि पुजा गद्द्या संस्कृति आफुइमाइ माहान हो । तर अइल आइबरि जाँ पायो ताँ स्यापलाइ माद्‍दान् । इस्यारि त स्याप हरानाइ गयाबरे हमर वरपरो वाताबरण हमकि बस्सा जसो नहुन्यालइ हुन सकन्छ । काला मुइना सुकिलि पक्षमाइ पड्‍ड्या नागपञ्चमिबठे डोट्यालि ठउरा भउत ठुला चाँड, त्यार सुरु हुन्या भ्याले यइको भउत महत्त्व छ ।

    यइ पक्षमाइ पड्ड्या जनइ पन्युकिलइ आफ्नि पछ्याण छ । यइ पन्युलाइ बइतडितिर बोकालि पन्युलइ भुण्णान् । यइ पन्युका दिन त्रिपुरासुन्दरी माताका मन्दिरमाइ ठुलि जाँत हुन्थि । भारतबठेलइ भउत जसा मान्सु अउन्थ्या, झिक्कुइ भिडभाड हुन्थ्यि ।  आजभोल त यइमाइलइ बदलाव आइग्यो ।  तस्याइ तागाधारि लोग्न्या मान्सुनले गालाइन जनइ रे हातमुणि रक्षाधाको बाद्‍दान भुण्या अरुनले रक्षा मात्तरिइ बाद्‍दान । सउना १५ पइट खिर खान्या दिनलइ बनाइराखिछ । मानो रोपिबरे मुरि उब्जुन्या असाडा मुइना धान रोपिबरिलइ, घाँसपात होइबरि  सउना मुइना इथउथ हरयालि होइरन्छि । इस्यारि झिक्कुइ हरियो घाँस तन्यारो पायापाछा गोरभुइसा झिक्कुइ दुद दिन्या भ्याका हुनाले खिर खानाकिलइ दुद सजिगरि पाइन्या भ्यो तब खिर खान्या दिनलइ बनायो होलो । खिर खानाकि लेखाइ चाहिन्या दुदलइ, चामललइ सक्या आफुइ बना नसक्या यिन बनुन्यालाइ मानपान द्‍यउ  । काम नानो, ठुलो नाइ हुनो सब बराबर हुन्छ । किसान नभ्या हम कोइलइ नाइ बच्चु सक्का भुणिबरे किसानकिलइ मानपान गरिबरे उनरा गर्‍या कामकि बडव्वाइँ ( प्रशंसा)  गर भुण्ण्या कुरडि खिर खान्या दिनले सिकुन खोज्यो हो ।  कालो मुइना भुणिबरे पछ्याणिन्या एइ श्रावण / साउन /सउन  मुइनामाइ पड्ड्या छुटछुटाइ बर्तुनमाइ हइ सउनमाइ पड्‍ड्या एकदसिनका ब्रतुनको महत्त्व ’ भविष्योत्तर पुराणको श्रावण शुक्लैकादशी पुत्रदा माहात्म्यमा  इस्यारि धेकाइराखिछ :  

     ‘ निश्‍चयं पुत्रदा एषा,यत्र नाsस्ति विचारणा । कर्तव्या सुखमिच्छद्भि:,पौत्रसौख्यं गतिर्भवेत् ।।                      संसारार्णवमग्ना ये,  पापपङ्कसमाकुला । तेषामुद्धरणार्थाय,  कामिकाव्रतमुत्तमम् ।।’

                                                                            (एकादशी व्रत माहात्म्यम् )

    श्रावण शुक्ल पक्षकि पुत्रदा एकादशी ब्रतसङ्ङै कामदा एकादशीको लइ ब्रतु उपास्साले सन्तान प्राप्ति मात्तरि नभइबरे नातिपुत पाइनान् , सुखभोग गद्‍दु पाइन्छ । हमरि ठउर यइ एकदसिलाइ गो;र्‍या एकदसि भुण्णान् । कभइ कभइ यो गो:र्‍या एकदसि भदोका मुइना पड्याबरिलइ यो सउन सुकिलि पक्षकि एकदसि: हो ।  डोट्यालि ठउरो महान चाँड गो:रालाइ उपास्साहइ पइल्लि यइ एकदसि उपास्सु पडन्छ । गो:रा उपासस्या जनानान् यइ एकदसि बठे चोखाभोका रनान । एइ एकदसी पाछाबठे तामसि भोजनलइ नाइ    गद्‍दा । इस्या गो:रा बर्तु एक मुइना चोखोभोको रइबरे बस्सान् । गो:रा नउपास्स्या बालालइ यइ एकदसिलाइ उपास्सान् । क्याइकि चौमासो ब्रतु उपास्स्या सप पुतारानले यो ब्रतु उपास्सान । पापकर्ममा डुब्या मान्सुनको उद्दारकिलेखाइ कामिनि एकदसिको महत्त्व छ । यइ एकदसिको बर्तु बस्याबरे नरक नाइझानपड्डो । यमराजा दुतनबठे डरुन नाइपड्डो भुण्ण्या बिस्स्वासलइ रइरइछ ।

    हमरि संस्कृतिमाइ सउना मुइना भउत ठुलो महत्त्व छ । हमरि संस्कृतिलाइ बचुनाकि हम सपले एकजुट होइबरे लाग्हु पडन्छ । हमरा बुज्रुकुनले बनाया तौर / तरिका, चालचलन र नियमुनलाइ बेला (समय) अन्सार बद्याल्लुलइ सकिन्छ । बद्‍याल्या नाममाइ बिगाड्डु त नाइ हुनो । इस्यारि बेला अन्सार बद्यालिन्या संस्कृति पाछासम्मुलइ टिक्कु सकन्छि । सउना मुइना पुतारा दिदीबुइनि हातभरि मेहन्दिलइ लगुनान् । हरिया चुणि, साडि, पोति, हरिया पोतिमाइ लगाया गरगहनालइ लगाया धेकिनान् । इस्यारि यो भण्यो संस्कृति बेलाअन्सार नबद्‍यालिबरेइ अरकि (आयातित)  संस्कृतिलाई बढावा दियो धेकिन्छ ।  बद्‍याल्या भुण्ण्या नउमाइ केइ धेकावटि गद्‍द्‍या मान्सुनले संस्कृति जोगुन्या भुण्णाहइलइ संस्कृतिमाइ धेकावटि गद्‍दु लाग्या जइल गद्‍दा कि भ्यो भुण्या जस्याँतस्याँ गुजारा चलुन्या मान्सुनलाइ काजबार आफ्नि संस्कृति मनुनाकि असजि भ्यो । संस्कृतिका नाममाइ धेकावटि बढ्डी गयाबरे गरिबनले चाडँत्यार मनुनाबठे हट्टु पड्ड्या स्थिति आइसकन्छि । एइकि लेखाइ लइ हमले बेलाइमाइ ध्यान दिन पडलो जसो धेकिन्छ । हमले हमरि संस्कृति मनुञ्ज्याँ अरकि संस्कृतिमाइ हाँच पुग्ग्या, बेफाइदा हुन्या नाइगद्‍द्दुलइ निको होलो । संस्कृति सबकि पछ्याण हो, सबकि साझि हो भुणि सुचिबरे सबइकि संस्कृतिको मानपान गद्‍दु निको होलो कि । इन सप कुरडिनमाइ सोचबिचार गरिबरे बेलाअन्सार संस्कृतिलाइ आघा बढुन सक्या हमरि संस्कृतिलइ बचन्छि न ति हमरा बुज्रुकुनले बनाया कुरडिनलाइ भुल्लाइ गया हमरि पछ्याणलइ हरानि झान्छि । इन सपइ कुरडिनको अर्थु प्रकृतिलइ जोगुन भुण्ण्या हो । हमरा इथउथ भया काम लाग्ग्या बोटबट्याला, झाडपात, माटो,       हावा , पानीजसा अर अर कुरडिनलाइ लइ बचुन हो । इन कुरडिनलाइ बेलाइमाइ सपलइ सोच्चु / बिचाद्‍दु जरुडि धेकिन्छ । इन लेखका आफ्ना विचार हन । यिन कुरडिनमाइ अर कुरडि सबुत भ्याले सल्ला सुझाबकि लेखाइ सपमाइ जोला हात गद्‍दउ । 

    ‘आफुनि संस्कृतिलाइ पछ्याण्णु भउत ठुलि कुरडि हो ।’           




    प्रतिक्रिया दिनुहोस