बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

घट्यो सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
मंगलबार, भदौ १९ २०८०
  • 532
    Shares

  • images
    images
    घट्यो सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    images
    images
    images
    images

    महेन्द्रनगर । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रुपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । 

    images


  • सम्बन्धित विषय:

  • # सुन चाँदीको मूल्य
  • प्रतिक्रिया दिनुहोस