बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

विश्वकप छनोट खेल्ने नेपालको सपना फेरि अधुरै


पश्चिम प्रेस
शुक्रबार, भदौ २२ २०८०
  • 468
    Shares

  • images
    images
    विश्वकप छनोट खेल्ने नेपालको सपना फेरि अधुरै
    images
    images
    images
    images

    काठमाडौँ । आईसीसी टी-२० महिला विश्वकप एसिया क्षेत्र छनोटमा थाइल्यान्डसँग हारेसँगै नेपालको ग्लोबल छनोट खेल्ने सपना यसपटक पनि अधुरै भएको छ। 

    शुक्रबार भएको पहिलो सेमिफाइल खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनको फराकिलो अन्तरले हारेको हो। यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भएको छ ।

    सन् २०२४ मा हुने ग्लोबल टी–२० छनोट हुँदै विश्व कप खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन । जितसँगै थाइल्यान्ड फाइनलमा पुगेको छ भने उसले ग्लोबल छनोटमा स्थान बनाएको छ । मलेसियाको बाङ्गीमा थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा ५९ रनमा अलआउट भयो ।

    images

    नेपालका तर्फबाट कविता कुँवरले अविजित १७ रन बनाइन् । कविता जोशी र अप्सरी बेगमले समान १०१० रन जोडे । अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

    थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय पारी खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाइन् । नेपालका कविता कुँवर र पूजा महतोले समान एकरएक विकेट लिए ।

    आज भएको अर्को खेलमा यूएईले हङकङलाई ५७ रनले हराएर फाइनलमा पुगेको छ ।

    प्रतियोगिताको उपाधिका लागि भोलि यूएई र थाइल्यान्डबीच खेल हुनेछ । यी दुवै टोली ग्लोबल टी–२० छनोटमा पुगेका छन् । सन् २०१३ देखि शुरु भएको ग्लोबल छनोटमा एसिया क्षेत्रबाट थाइल्यान्ड र यूएईले खेल्दै आएका छन् ।


  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट
  • प्रतिक्रिया दिनुहोस