बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

एसिया कपमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरियो


पश्चिम प्रेस
आइतबार, भदौ २४ २०८०
  • 466
    Shares

  • images
    images
    एसिया कपमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरियो
    images
    images
    images
    images

    काठमाडौँ । एसिया कप क्रिकेटमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरिएको छ । सुपर फोरमा लगातार दुई खेल हारेको बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको हो ।

    बङ्लादेश हिजो )शनिवार) भएको दोस्रो खेलमा श्रीलङ्कासँग २१ रनले पराजित भयो । त्यस्तै, पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले हारेको थियो । सुपर फोरको अन्तिम खेलमा बङ्लादेशले भारतसँग खेल्नेछ ।

    घरेलु मैदान कोलम्बोमा हिजो भएको खेलमा श्रीलङ्काले बङ्लादेशलाई जितका लागि २ सय ५८ रनको लक्ष्य दिएको थियो । बङ्लादेश ४८ ओभर १ बलमा २ सय ३६ रनमा अलआउट भयो 

    images

    बङ्लादेशका तोहिड ह्रिदोले सर्वाधिक ८२ रनको बनाएपनि टिमको हार भने टार्न सकेनन् । श्रीलङ्काका महेश तिक्ष्णा, दसुन सनका र महिषा पथिरनाले समान तीन/तीन विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । श्रीलङ्काका सदिरा समरविक्रमाले ९३ रनको उत्कृष्ट पारी खेले । कुशल मेन्डिस ५० रन बनाएर आउट भए । बङ्लादेशका तक्सिन अहमद र हसन मोहमदले तीन/तीन विकेट लिए । 


  • सम्बन्धित विषय:

  • # एसिया कप क्रिकेट
  • प्रतिक्रिया दिनुहोस