बैतडी । भारतको चेन्नाईमा सम्पन्न प्रथम संस्करणको साउथ एसियन कराँते प्रतियोगितामा नेपाल पहिलो भएको छ । नेपाललाई प्रथम स्थान हासिल गराउन बैतडी घर भएका राजेन्द्र कलौनीले गोल्ड मेडल प्राप्त गरेका छन् ।
बङ्लादेशसँगको खेलमा बङ्लादेशलाई हराएर नेपाल प्रथम भएको हो । प्रतियोगितामा बङ्गलादेश दोस्रो र भारत तेस्रो भएको छ । लोकतान्त्रिक खेलकुद संघ का बैतडीका अध्यक्ष समेत रहेको कलौनीले नेपाललाई गोल्ड मेडल दिलाउन सफल भएका हुन् ।
जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा नेपालसहित, भारत,बङ्गलादेश,भुटान र श्रीलंका सहभागी थिए । प्रतियोगितामा लाठी र कराते मात्रै रहेको थियो । लाठीमा भने भारतले पहिलो स्थान पाएको छ ।