बैतडी । जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सकहरु पनि आन्दोलित भएका छन् । हेटौंडास्थित सञ्चो अस्पतालका डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि सांघातिक आक्रमण भएको भन्दै दोषीलाई कारवाहीको माग गरेर चिकित्सकहरु आन्दोलनमा उत्रेका हुन् ।
अस्पतालमा कार्यरत डाक्टरहरुमाथि भएको आक्रमणको निन्दा गर्दै बैतडी अस्पतालमा कार्यरत चिकित्सकहरुले आज कालोपट्टी बाँधेर विरोध गर्नुका साथै स्टेथस्कोप जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् ।
बिहीवार एक पत्र सावजनिक गर्दै डाक्टरहरुमाथि लामो समयदेखि आक्रमण हुँदै आएकाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सुरक्षाको प्रत्याभूती नहुँदासम्म बिरामीको चेकजाँच गर्न नसिकने उल्लेख गरेका छन् ।
जिल्ला अस्पताल बैतडीमा आज (शुक्रबार)देखि आकस्मिक बाहेकका सबै सेवा बन्द रहने निर्णय भएको डा.जैसवालले जानकारी दिएका छन् । दोषीमाथि कारवाही नहुँदा सम्मका लागि आन्दोलनका कार्यक्रम तय भएको बिषयमा स्थानीय प्रशासनलाई समेत जानकारी गराइएको छ ।