महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा आज अट्वारी पर्व मनाइँदै छ । अट्वारी पर्व पश्चिम नेपालको तराइका जिल्लाहरूमा बसिरहेका थारु समुदायले मनाउँदै आइरहेका छन् ।
विशेषगरी कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा यो पर्वको उल्लास बढेको छ । यो पर्वको अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिइएको छ । आदिवासी थारु समुदायले मनाउन अट्वारी पर्वको अवसरमा ती प्रदेशहरूमा सार्वजनिक बिदा दिइएको हो ।
अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात् पूर्णिमामा पर्दछ। पहिलो दिन दर खाने र दोस्रो आधा दिनसम्म व्रत बस्ने गरिन्छ।
अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो। अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन्। ‘भेंवा’ को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ।