बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

हल्दुखालका सागर भण्डारीले भारोत्तोलनमा बनाए किर्तिमान


पश्चिम प्रेस
आइतबार, भदौ ३१ २०८०
  • 1.1K
    Shares

  • images
    images
    हल्दुखालका सागर भण्डारीले भारोत्तोलनमा बनाए किर्तिमान
    images
    images
    images
    images

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले साउदी अरबको रियादमा जारी आईडब्लूए वर्ल्ड च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

    प्रशिक्षक जीवन गौतमका अनुसार सागरले पुरुष १०९ केजी तौल समूहमा स्न्याच, क्लिन एण्ड जर्क र कुलमा गरी ३ वटा राष्ट्रिय कीर्तिमान बनाएको बताएका छन् । उनले स्न्याचतर्फ १२८ केजी, क्लिन एण्ड जर्कमा १६३ केजी र समग्रमा २९१ केजी भार वहन गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

    यसअघि उनको नाममा स्नाचमा १२२, क्लिन एन्ड जर्कमा १६२ र कुलमा २८४ केजीको कीर्तिमान थियो । १६ वर्षपछि नेपालले वर्ल्ड भारोत्तोलन च्याम्पियनसिपमा भाग लिँदा ५ खेलाडीले सहभागिता जनाएका थिए ।

    images

    आईडब्लूए वर्ल्ड च्याम्पियनसिपमा हल्दुखालका पुरुषतर्फ सागरसहित विशालसिंह विष्टले ९६ केजीतर्फ र विकास भट्टले ८१ केजीतर्फ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए ।


  • सम्बन्धित विषय:

  • # भारोत्तोलन
  • प्रतिक्रिया दिनुहोस