मंगलबार, असोज ९ गते २०८० || Sep 26, 2023
images
images

पुस्तकालय भवन उद्घाटन गर्न भारतीय राजदूत श्रीवास्तव टीकापुरमा


पश्चिम प्रेस
आइतबार, भदौ ३१ २०८०
  • 704
    Shares

  • images
    images
    पुस्तकालय भवन उद्घाटन गर्न भारतीय राजदूत श्रीवास्तव टीकापुरमा
    images
    images
    images
    images

    कैलाली ।  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव टीकापुर बहुमुखी क्याम्पसको एकाडेमिक र पुस्तकालय भवनको उद्घाटन गर्न टिकापुर पुगेका छन् । 

    भारतीय दूतावासको सहयोगमा सन् २०१४ मा निर्माण सम्पन्न भएको टीकापुर बहुमुखी क्याम्पसको एकाडेमिक र पुस्तकालय भवनको उद्घाटन गर्न आज कैलालीको टीकापुर पुगेका हुन् ।

    राजदूत नवीन श्रीवास्तवले भारत नेपालको समग्र आर्थिक विकासको पक्षमा रहेको बताएका छन्। ‘भारतमा आर्थिक विकासको उभार छ, भारत विश्वको पाँचौं आर्थिक शक्ति राष्ट्रका रूपमा विकसित भइरहेको छ, निकट भविष्यमा तेस्रो ठूलो राष्ट्र बन्ने योजना छ,' उनले भने, ‘त्यसैले भारत आफ्नो छिमेकी नेपालको पनि आर्थिक विकास होस् भन्ने चाहन्छ।’

    images

    भारतले सन् २००२ देखि स्वास्थ्य, शिक्षाका क्षेत्रमा वर्षेनि सहयोगका कार्यक्रमहरु गर्दै आइरहेको उनले बताए। भारतीय दूतावासको सहयोगमा सन् २०१० मा सुरु भएर सन् २०१४ मा ३ करोड ५२ लाख रुपैयाँमा क्याम्पस र पुस्तकालय भवन निर्माण भएको थियो। २०७२ मा भएको टीकापुर घटनाका कारण उक्त भवन हालसम्म उद्घाटन हुन सकेको थिएन। 


  • सम्बन्धित विषय:

  • # भारतीय राजदूत
  • प्रतिक्रिया दिनुहोस