बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

भारतविरुद्ध श्रीलंकाको दयनीय ब्याटिङ, ५० रनमै अलआउट


पश्चिम प्रेस
आइतबार, भदौ ३१ २०८०
  • 711
    Shares

  • images
    images
    भारतविरुद्ध श्रीलंकाको दयनीय ब्याटिङ, ५० रनमै अलआउट
    images
    images
    images
    images

    काठमाडौँ ।  एसिया कप क्रिकेटकाे फाइनलमा भारतसँगकाे खेलमा श्रीलङ्काले लज्जास्पद ब्याटिङ गरेकाे छ ।

    काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयाे । भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाए । यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयाे । श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जाेड्न सकेनन् ।

    भारतीय फास्ट बलर मोहम्मद सिराज एक्लैले ६ विकेट लिएपछि श्रीलंकाको ब्याटिङ धराशयी बनेको हो । सिराजले एकै ओभरमा ४ विकेट लिएका थिए । हार्दिक पाण्ड्याले तीन विकेट र जसप्रित बुमराहले एक विकेट लिए ।

    images

    याे श्रीलङ्काका लागि एकदिवसीय दाेस्राे कम याेगफल हाे । यसअघि सन् २०१२ मा दक्षिण अफ्रिकासँगकाे खेलमा श्रीलङ्का ४३ रनमा अल आउट भएकाे थियाे । यस्तै एकदिवसीय क्रिकेटकाे फाइनल खेलमा याे सबैभन्दा कम याेगफल हाे ।


  • सम्बन्धित विषय:

  • # भारतविरुद्ध श्रीलंका
  • प्रतिक्रिया दिनुहोस