बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

अट्वारीको अन्तिम दिन आज विवाहित छोरीलाई अग्रासन दिइँदै


पश्चिम प्रेस
सोमबार, असोज १ २०८०
  • 409
    Shares

  • images
    images
    अट्वारीको अन्तिम दिन आज विवाहित छोरीलाई अग्रासन दिइँदै
    images
    images
    images
    images

    महेन्द्रनगर ।  पश्चिम नेपालको तराइका जिल्लाका थारु समुदायले धुमधामसँग मनाउने अट्वारी पर्वको अन्तिम दिन आज विवाहित छोरीलाई अग्रासन दिइँदै छ । 

    माइती पक्षको कोसेलीस्वरुप विवाहित छोरीबेटीलाई अट्वारी पर्वमा खाने विभिन्न परिकारको अग्रासन दिन लागिएको हो । अग्रासनमा अन्डीको रोटी, खुर्मा, खरिया, फुलौरी, फलफूल, गेडागुडी तथा सागको तरकारी, माछा मासु, भात लगायतको परिकार रहने गर्दछ । 

    अट्वारी पर्वको यी परिकारहरु माइतीबाट पाएपछि विवाहित चेलीबेटी खुशी हुने गरेका छन् । स्थानीयका अनुसार आजकोे दिन चेलीबेटीहरु माइतीपक्षको अग्रासन कुरेर बसेका हुन्छन् । अग्रासन नपाएमा उनीहरु दुःखी हुने गर्दछन् । अग्रासन दिन गएकालाई उनीहरुले निकै आदर सम्मानका साथ मिठा मिठा परिकार खुवाएर पठाउने गरिएको छ । 

    images

    अट्वारी पर्वको पहिलो दिन व्रतालुहरुल अन्डीको रोटी, फलफूल, खुर्मा, दुध खाने चलन रहेको छ । यी परिकारहरु खानुभन्दा अगाडि उनीहरुले एक भाग निकालेर आफ्ना विवाहित दिदी बहिनीका लागि छुट्टै राख्ने गर्दछन् । 

    पर्वको दोस्रो दिन उनीहरुले खरिया, फूलौरी, गेडागुडी सागको तरकारी, माछा, मासु जस्ता परिकार खाने चलन छ । यसलाई थारु भाषामा ‘फरहार’ गर्ने भनिन्छ । दोस्रो दिन पनि व्रतालुहरुले सबै परिकार एक भाग छुट्टै निकालेर मात्रै खाने गर्दछन् । यसरी, निकालेर राखेको रोटीसहित खानाका सबै परिकार आफ्ना विवाहित छोरीचेलीलाई दिने गरिन्छ । 


  • सम्बन्धित विषय:

  • # अट्वारी
  • प्रतिक्रिया दिनुहोस