बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

सुदूरपश्चिमको राजधानी सार्ने कुरा जनता विरोधी हो, स्वीकार्य हुँदैन : एमाले सचिव भट्ट


पश्चिम प्रेस
सोमबार, असोज १ २०८०
  • 713
    Shares

  • images
    images
    सुदूरपश्चिमको राजधानी सार्ने कुरा जनता विरोधी हो, स्वीकार्य हुँदैन : एमाले सचिव भट्ट
    images
    images
    images
    images

    महेन्द्रनगर । नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले प्रदेशको राजधानी सार्ने कुरा जनता विरोधी भएकाले स्वीकार्य नहुने बताएका छन् । अत्तरियास्थित निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा भट्टले राजधानी सार्ने कुरा स्वीकार्य नहुने बताएका हुन् ।

    उनले मुख्यमन्त्रीको अभिव्यक्ति अचम्म र गैरजिम्मेवारपूर्ण रहेको समेत टिप्पणी गरेका छन् । कुराकानीमा उनले भनेका छन्, ‘मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दुई तिहाइ बहुमतले पारित गरेको गोदावरीमा प्रदेशको राजधानी बनाउने कुराको विकल्प खोज्ने कसरी भन्नुभयो । यो अचम्मको र गैरजिम्मेवार पनि छ, उहाँ हिजोको संसदले पारित गरेको निर्णयको विपरीत बोल्नुुभएको छ । कांग्रेसको आफ्नो चरित्र देखाउनु भएको छ ।’

    ‘कुनै पनि निर्णय गरिसकेपछि कार्यान्वयन गर्ने दायित्व हुन्छ । अहिलेको सरकार हिजोको सरकारको निरन्तरता हो । हिजोको सरकार र संसदले गरेका सबै किसिमका निर्णय नमान्ने हो भने ती बनाएका नीतिहरु, योजनाहरु कानूनहरु फेरी उहाँहरुले आफूू अनुकुल बनाउने त्यो हुँदैन । कुनै पनि मुुलुकमा जसले प्रजातन्त्र लोकतन्त्रमा विश्वास गर्छ त्यसले यस्ता अभिव्यक्तिहरु दिँदैन भन्ने लाग्छ,’ भट्टले भने ।

    images

    आफूूले बोलेको कुरा र जनताको चाहाना विपरीत गएको आरोप समेत उनले लगाएका छन् । सबैतिर जनता र जनघनत्व बढी हुने क्षेत्रलाई नै राजधानी बनाउने अभ्यास रहेको पनि उनको भनाइ थियो ।

    मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरीमा तोकिएको प्रदेशको राजधानी सार्न सकिने अभिव्यक्ति दिएपछि सुुदूरपश्चिममा पक्ष र विपक्षमा टिप्पणी भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिमको राजधानी
  • प्रतिक्रिया दिनुहोस