बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

बैतडीको विरेन्द्र मावि पहिरोको जोखिममा


पश्चिम प्रेस
सोमबार, असोज १ २०८०
  • 985
    Shares

  • images
    images
    बैतडीको विरेन्द्र मावि पहिरोको जोखिममा
    images
    images
    images
    images

    बैतडी ।  बैतडीको शाहीलेकस्थित विरेन्द्र माविको भवन पहिरोको जोखिममा परेको छ । विद्यालयको भवन तलतिर पहिरो खसेकाले विद्यालय भवन पहिरोको जोखिममा परेको हो ।

    पहिरोका कारण छात्र शौचालय, प्रशासनिक भवन र पुस्तकालय बढी जोखिममा परेको प्रधानाध्यापककैलाशकुमार कनौजियाले बताए । गएको मंगलबार परेको पानीका कारण खसेको पहिरोले विद्यालय भवन जोखिममा परेको हो ।

    पहिरोको जोखिम बढेपछि विद्यार्थीहरुलाई शौचालय प्रयोगमा समस्या आएको छ । शौचालय जाने बाटो पहिरोले भत्काएपछि छात्रहरुलाई समस्या भएको प्रधानाध्यापक कनौजियाले बताए । विद्यालय भवन पहिरोको जोखिममा परेको बिषयमा प्रहरी मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय र सामाजिक विकास कार्यालयमा जानकारी गराइसकिएको उनले बताए । 

    images

    कक्षा १२ सम्मको पढाई हुने सो विद्यालयमा अहिले साढे पाँचसय विद्यार्थीहरु अध्ययनरत रहेका छन् । 


  • सम्बन्धित विषय:

  • # पहिरोको जोखिम
  • प्रतिक्रिया दिनुहोस