सोमबार, मंसिर १८ गते २०८० || Dec 4, 2023
images
images

चक्कुले आफ्नै घाँटी रेटेर बैतडीका एक युवक घाइते


पश्चिम प्रेस
बिहीबार , असोज ४ २०८०
  • 7.6K
    Shares

  • images
    images
    चक्कुले आफ्नै घाँटी रेटेर बैतडीका एक युवक घाइते
    images
    images
    images
    images

    बैतडी । भारतमा काम गर्दै आएका बैतडीका एक युवकले आफैँलाई चक्कु प्रहार गरेका छन् ।

    जिल्लाको पञ्चेश्वर गाउँपालिका-३ मड घर भएका अन्दाजी २५ वर्षीय सुरेन्द्र धामी चक्कुले आफ्नै घाँटी रेटेर घाइते भएका हुन् । चक्कुले आफ्नै घाँटी रेटेपछि गम्भीर घाइते भएका धामीको दिल्लीस्थित जेपी हस्पिटलमा उपचार भइरहेको जयबहादुर चन्दले जानकारी दिए । 

    जेपी हस्पिटलमै फुड लाइनको सोडेक्स कम्पनीमा एक वर्षदेखि कार्यरत धामी १०/१५ दिन अगाडिदेखि बिदामा रहेका थिए । दुई तीन अगाडि मात्रै बिदा सकेर काममा फर्किएका उनले बुधवार आफैँलाई चक्कु प्रहार गरेका हुन् । धामीले आफूले आफैँलाई किन चक्कु प्रहार गरे भन्ने कुरा खुल्न सकेको छैन । 

    images


  • सम्बन्धित विषय:

  • # युवक घाइते
  • प्रतिक्रिया दिनुहोस