नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल खसेकाे ८५ मतमध्ये पारसले ४८ मत ल्याए प्रशान्तको ३७ मत पाए । पारस सर्वसम्मत अध्यक्ष भएका चतुरबहादुर चन्द प्यानलबाट उम्मेदवार बनेका थिए ।