सोमबार, मंसिर १८ गते २०८० || Dec 4, 2023
images
images

‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि चार विकल्प


पश्चिम प्रेस
मंगलबार, असोज ९ २०८०
  • 983
    Shares

  • images
    images
    ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि चार विकल्प
    images
    images
    images
    images

    महेन्द्रनगर । प्रयोगविहिन रहेका ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि स्थानीय प्रशासनले सरकार समक्ष चार वटा विकल्प प्रस्ताव गरेको छ । 
      कोरोना महामारीका बेला सरकारले निमार्ण गरेका ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको अध्ययन उप–समितिले चार विकल्प प्रस्ताव गरेको छ । सरकारले करोडौका ‘होल्डिङ सेन्टर’ प्रयोगविहिन बनेपछि रक्षा मन्त्रालयका सह–सचिवको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन गरेको थियो । सो अध्ययन समितिले ‘होल्डिङ सेन्टर’ को उपयोग बारे अध्ययन गर्न सहायक प्रजिअको संयोजकत्वमा उप समिति बनाएको थियो । उक्त उपसमितिले ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि चार वटा विकल्प प्रस्ताव गरेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए ।
     उनका अनुसार समितिले चार वटा विकल्पका रुपमा ‘होल्डिङ सेन्टर’ प्रयोग गर्न सकिने प्रस्ताव मन्त्रालयमा पठाएको छ । “एक हजार क्षमताको संरचनाको २५÷३० प्रतिशत विपदको प्रयोगका लागि र बाँकी लागूऔषध दुव्र्यसनीमा फसेकाका लागि पुनःस्थापन केन्द्र, क्षयरोग उपचार केन्द्र, विशेष सुरक्षा प्रहरीलाई पनि राख्न सकिने सुझाव दिएका छौ ।” सहायक प्रजिअ जोशीले भने–“प्रदेश सरकारले सञ्चालन गर्ने गरी यि चार विकल्प प्रस्ताव गरेका छौ ।” संघिय सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा एक हजार वेड क्षमताको होल्डिङ सेन्टर निमार्ण गरेको छ ।


  • सम्बन्धित विषय:

  • # ‘होल्डिङ सेन्टर
  • प्रतिक्रिया दिनुहोस