महेन्द्रनगर । मानव हात्ती सहअस्तित्व मानव र जीवजन्तु बीचको द्वन्द न्युनिकरणका लागि सरोकारवालाहरुसंग एक दिने अन्तरक्रिया गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रम र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा मानव वन्यजन्तु संरक्षणका लागि अन्तरक्रिया गरिएको सुवन चौधरीले जनाकारी दिए । कार्यक्रममा निकुञ्ज मध्यवर्ती कार्यालय,विभिन्न सामुदायिक वनका प्रतिनिधि, कृषक समूह चोरीसिकारी नियन्त्रण दल र प्रकृति पथ प्रदर्शक लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा प्रकृति संरक्षण कोषले मानव हात्ती, मानव जीवजन्तु विचको द्वन्दलाई प्राविधिक रुपमा कसरी कम गर्ने बारे जानकारी दिइएको हो । तारजाली,विद्युतीय तार,साईरन,टर्च लाइट,मचान,रेनकोट लगायतका सामग्री निकुञ्ज नजिक र मध्यवर्ती क्षेत्रमा हस्तान्तरण गरिएको बारे जानकारी दिदै समुदायमा त्यसको सकारात्मक प्रभाव के छ र अझ सुधार हुनुपर्ने कुराहरु के–के हुनसक्ला भनेर सहभागीहरु मार्फत अपेक्षा संकलन गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त कार्यकारी अधिकृत प्रमोद यादवले निकुञ्ज प्रशासनका नियम कानुन र जंगलीजनावरहरु बाट समुदायमा जुनसुकै क्षेत्रमा जंगली जनावरले पु¥याएको क्षति बाफत निकुञ्ज कार्यालयबाट प्रदान गरिने राहत बारे जानकारी गराएका छन ।