सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

कञ्चनपुरमा लागू औषधसहित २ जना पक्राउ


पश्चिम प्रेस
आइतबार, मंसिर १७ २०८०
  • 1.1K
    Shares

  • images
    images
    कञ्चनपुरमा लागू औषधसहित २ जना पक्राउ
    images
    images
    images
    images

    महेन्द्रनगर । कञ्चनपुरमा लागू औषधसहित २ जना पक्राउ परेका छन् ।

    जिल्लाको भिमदत्त नगरपालिका-११ होल्डिङ सेन्टर नजिकबाट १ ग्राम ८३ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २ जनालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेतकोट नगरपालिका-६ का २४ वर्षीय प्रदिप मार्कण्ड र २४ वर्षीय निश्चल केसी रहेका प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही नगरपालिका-१० सिसैया का २३ वर्षीय आकाश ठगुन्नालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

    images

    यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # लागू औषधसहित २ जना पक्राउ
  • प्रतिक्रिया दिनुहोस