शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

दार्चुलामा ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलकको मृत्यु


पश्चिम प्रेस
शुक्रबार, जेठ ५ २०८०
  • 771
    Shares

  • images
    images
    दार्चुलामा ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलकको मृत्यु

    दार्चुला । दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । अर्का एक सङ्कलक घाइते भएका छन् ।

    यार्सागुम्बा सङ्कलनका क्रममा बिहीबार ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । यार्सागुम्बा सङ्कलन गर्ने क्रममा  माथिबाट खसेको ढुङ्गाले उनको टाउकोमा चोट लागेको थियो । ऐतवालको घट्नास्थलमै मृत्यु भएको उनले बताए ।

    सितापुल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ । सामान्य चोट लागेका उनको घरमै प्राथमिक  उपचार भइरहेको चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक  प्रकाशबहादुर  सिंहले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # मृत्यु
  • प्रतिक्रिया दिनुहोस