दार्चुला । दार्चुलामा बेहोस अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ । जिल्लास्थित महाकाली नगरपालिका ४ बसपार्क नजिक बेहोस अवस्थामा भेटिएका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ का देव परियारको मुत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शनिवार राति साढे २ बजे उनी घाइते अवस्थामा फेला परेका थिए। उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा आइतबार बिहान पौने १० बजे मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत गहामगरका अनुसार घटनाको कारण खुलेको छैन ।
उनी दार्चुलामा लेबरी काम गर्दै आएका खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)