शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बाजुरामा जिप दुर्घटना, एक जनाको मृत्यु


पश्चिम प्रेस
बिहीबार , मंसिर १४ २०८०
  • 971
    Shares

  • images
    images
    बाजुरामा जिप दुर्घटना, एक जनाको मृत्यु

    बाजुरा । बाजुराको हिमाली गाउँपालिका ६ धुलाचौर नजिकै जीप दुर्घटना भएको छ । आज (बिहिवार) धुलाचौरबाट कोल्टीतर्फ जाँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको हो । 

    बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका ९ का अन्दाजी २७ बर्षका मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए । 

    उनलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा पुर्याइएको र त्यस लगत्तै अस्पतालले मृत घोषणा गरेको प्रहरी निरीक्षक ऐरीले बताए । चालकसहित चार जना सवार सवार जिपको ब्रेक फेल भएको स्थानीयले बताएका छन् । चालकसहित एक जना भने सकुशल रहेको प्रहरीले बताएको छ ।

    जीप चालक खत्याड गाउँपालिका ९ का दल बहादुर लावणलाई प्रहरीको नियन्त्रण लिइसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना
  • प्रतिक्रिया दिनुहोस