शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कोदाको मःम खान ब्रिष्टनको ‘मःम कर्नर’


पश्चिम प्रेस
शुक्रबार, माघ ५ २०८०
  • 2.7K
    Shares

  • images
    images
    कोदाको  मःम खान ब्रिष्टनको ‘मःम कर्नर’

    महेन्द्रनगर । तपाईले कुन कुन प्रकारका मःम खानुभएको छ ? भेज, चिकन, बफ वा अरू कुनै जुन सजिलै पाउन सकिन्छ । तर कोदोको मःम खाने ठाउँ भने सायदै भेटिएलान । यदि तपाईले कोदोको मःम खानुभएको छैन भने त्यसको स्वाद ब्रिष्टन कलेजको रोजगारमा मेला लिन सक्नुहुन्छ ।

     कञ्चनपुरको महेन्द्रनगरमा रहेको ब्रिष्टन कलेजले बिहिबारदेखी आयोजना गरेको रोजगार मेलामा सोहि कलेजमा अध्ययनरत विद्यार्थीहरुले सञ्चालन गरेको मःम कर्नरमा कोदोको मःम खानेहरुको भीड देखिन्छ । पाँच जना विद्यार्थीको समूहले मःम कर्नर नामक स्टल सञ्चालन गरेका छन । विद्यार्थीहरु ज्योती थापा,हिमाल घिमिरे,जयराज जोशी,भीम वहादुर धामी,लेखराज पण्डित र कविता साउँद मःम बनाउन र बिक्रि गर्नमा व्यस्त छन । उनीहरुको उदेश्य छ स्थानीय खानाको परिकारको प्रवद्र्धन गर्नु । “हामीहरूको मुख्य उद्देश्य भनेको हाम्रो स्थानीय खानाका परिकारलाई प्रोत्साहन र प्रवद्र्धन गर्नु हो ।” विद्यार्थी ज्योती थापाले भनिन्, “हामीले आधुनिक खानाको परिकार र हाम्रो परम्परागत कोदोलाई मिलाएर पस्कने प्रयास गरेका छौँ ।” उनले मैदाको मःमलाई विस्थापित गरेर कोदोको मःमसहितको मःम कर्नर स्टल सञ्चालनमा ल्याएको बताइन ।

    उनले भनिन्, “चिसो मौसममा कोदोले शरीरमा राम्रो फाइदा गर्छ र यसका साथै सुगरका बिरामीका लागि पनि यो एकदम फाइदाजनक छ ।” उनीहरुको समुहले स्थानीय क्षेत्रबाट कोदो सङ्कलन गरी कोदोको मःम पस्केर मेलाको आकर्षण थप बढाउने प्रयास गरेका छन । रोजगार मेलामा आउने आगन्तुकलाई पनि कोदाको मःममा आकर्षित बनेका छन । “यहाँ अवलोकन गर्न आउनेले हाम्रा परिकारलाई धेरै मन पराउनुभएको छ ।” उनले भनिन्, “पढाइ सँगसँगै व्यवहारिक ज्ञानको क्षमता विकासका लागि मेला महत्वपूर्ण छ ।”
    कलेजले अध्ययनरत विद्यार्थीलाई आफू कसरी स्वरोजगार बन्ने र कसरी व्यवसाय सञ्चालन गर्ने त्यसका लागि शिक्षा र सीप विकासका लागि तीन दिने रोजगार मेला आयोजना गरेको हो । यसका लागि कलेजले उत्कृष्ट व्यापारिक योजना भएका विद्यार्थीलाई बिना धितो, बिना ब्याज व्यवसाय सञ्चालन गर्न केही रकम ऋणसमेत प्रदान गरेको ब्रिष्टन कलेजका प्रमुख निशा भट्टले बताए ।

    मेलामा विद्यार्थीले समूह बनाएर विभिन्न प्रकारका १८ स्टल राखेका छन् । जसमा स्थानीय उत्पादनलाई प्रोत्साहन गरिएको छ । ती कक्षमा सुदूरपश्चिममा घरमै निर्माण गरेका सामग्री, खानाका परिकार राखिएका छन् । रोजगार मेलाले विद्यार्थीहरूलाई व्यवसाय सञ्चालन गर्ने वास्तविक अनुभव प्रदान गर्ने र उनीहरूलाई विभिन्न व्यापार मोडेलहरू विकास गर्न प्रोत्साहित गर्ने लक्ष्य कलेजको छ ।


  • सम्बन्धित विषय:

  • # ब्रिष्टन कलेज
  • # कोदाको मःम
  • प्रतिक्रिया दिनुहोस