मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

मट्का हातमा ,नजर नाचमा


पश्चिम प्रेस
शुक्रबार, माघ ५ २०८०
  • 2.4K
    Shares

  • images
    images
    मट्का हातमा ,नजर नाचमा

    महेन्द्रनगर । हातमा मट्का चिया हुन्छ । नजर नाच तिर हुन्छ । त्यो पनि लाईभ म्युजिकसहितको । मट्काको स्वाद संगै मनोरञ्जनमा रमाउनेको भीड छ । मट्का चियाको नाम सुन्दा भारतको विहार, राजस्थान लगायतका राज्यको सम्झना आउँछ तर अहिले मट्का चियाको स्वाद महेन्द्रनगरमै पाउँन सक्नुहुन्छ । कञ्चनपुरको महेन्द्रनगरस्थित ब्रिष्टन कलेजले आयोजना गरेको ब्रिष्टन व्यापार मेलामा मट्का चियाको स्वाद लिनेहरुको भीड छ ।  सोहि कलेजमा अध्ययन गर्ने आठ जना विद्यार्थीहरुको सहुमलाई अहिले मट्का चिया खुवाउन भ्याईनभ्याइ छ । 

    f566e8bf-9383-4543-8c08-7adf89ba1856.jpg

     विद्यार्थीहरु गौरव अवस्थी, सिर्जना चैसिर, जयराज भट्ट, प्रियङ्का बिष्ट, सुमित्रा धानुक, रुवी ठगुन्ना, रुची अवस्थी र सरस्वती भट्टको समूह ग्राहकलाई मट्का चियाको स्वाद दिलाउन व्यवस्त छन । प्लाष्टिक बन्द भइरहेका बेला कलेजले आयोजना गरेको व्यापार मेलामा आफुले भारतका राज्यहरुको स्वाद सुदूरपश्चिम दिइरहेको गौरव अवस्थी बताउँछन । “भारतमा मट्का चियाको क्रेज धेरै छ, हामीले भारतकै स्वाद यहाँ दिने उद्देश्यले स्टल सञ्चालनमा ल्याएका हौँ ।”उनले भने, “परम्परागत माटोका भाँडामा चिया पिउँदा विभिन्न रोगहरुबाट पनि बँच्न सकिन्छ र स्थानीय उत्पादनले पनी बजार पाउँछ ।” 
     मेलामा एकातर्फ विद्यार्थीहरुका विभिन्न प्रकारका स्टलहरु छन भने अर्को तर्फ मनोरञ्जन गर्नेहरुको भीड छ । विद्यार्थीहरुले आफ्ना विभिन्न सास्कृतिक प्रस्तुतीहरु दिइरहेका छन । त्यसै भीडमा विद्यार्थीहरुले नै आगन्तुकहरुलाई मट्का चियाको स्वाद दिलाउदा मख्ख देखिन्थे ।

    a5c7c4c8-f152-42a2-bb4d-c565cdda3767.jpg


     कलेजले विद्यार्थीलाई आफू कसरी स्वरोजगार बन्ने र कसरी व्यवसाय सञ्चालन गर्ने त्यसका लागि शिक्षा र सीप विकासका लागि तीन दिने रोजगार मेला आयोजना गरेको हो । यसका लागि कलेजले उत्कृष्ट व्यापारिक योजना भएका विद्यार्थीलाई बिना धितो, बिना ब्याज व्यवसाय सञ्चालन गर्न केही रकम ऋणसमेत प्रदान गरेको छ । जसले सिर्जनात्मक विद्यार्थीहरुमा हौषला थपिएको छ । मेलामा विद्यार्थीले समूह बनाएर विभिन्न प्रकारका १८ स्टल राखेका छन् । जसमा स्थानीय उत्पादनलाई प्रोत्साहन गरिएको छ । ती कक्षमा सुदूरपश्चिममा घरमै निर्माण गरेका सामग्री, खानाका परिकार राखिएका छन् । रोजगार मेलाले विद्यार्थीहरूलाई व्यवसाय सञ्चालन गर्ने वास्तविक अनुभव प्रदान गर्ने र उनीहरूलाई विभिन्न व्यापार मोडेलहरू विकास गर्न प्रोत्साहित गर्ने लक्ष्य कलेजको छ ।

    e3423726-5f52-406c-9d5a-85fd54d436b5.jpg

     


  • सम्बन्धित विषय:

  • # मट्का चिया
  • प्रतिक्रिया दिनुहोस