दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिका–०६ बस्ने राइसिंह धामी र बिन्दु धामीले ८० वर्षको उमेरमा धूमधामसँग विवाह सम्पन्न गरेका छन् । अपि हिमाल गाउँपालिका–६ मज्जे बस्ने उनले सांस्कृतिक तथा सामाजिक वैधानिक विवाह गरेका हुन्।
शुक्रवार बिहे गरेका धामी दम्पतीको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाति, ४ नातिनी, ३ नातिने बुहारी, ४ पनाति र ३ पनातिनी गरी जम्मा ३१ जना सदस्य रहेको स्थानीयले बताएका छन् । बेहुला राइसिंह धामीलाई ८० वर्ष र बेहुली बिन्दु धामीलाई ७० वर्ष उमेर पुगेको बताइएको छ ।
सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका उनले सिन्दुर पोते लगाउनुका साथै यज्ञ परिक्रमासहित सबै बिहे विधि पूरा गरेर घरभित्र सांस्कृतिक परम्पराअनुसार भित्र्याएका हुन्। बुढेसकालमा बिहे गर्न पाउँदा रमाइलो अनुभूति भएको धामी दम्पतीको भनाइ छ ।
.gif)