बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

नरेन भट्टको शतकका बावजूद सुदूरपश्चिम ८० रनले पराजित


पश्चिम प्रेस
सोमबार, माघ ८ २०८०
  • 948
    Shares

  • images
    images
    नरेन भट्टको शतकका बावजूद सुदूरपश्चिम ८० रनले पराजित
    महेन्द्रनगर ।  प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । 
     
    कीर्तिपुरस्थित त्रिवि मैदानमा मधेसले सुदूरपश्चिमलाई ८० रनले पराजित गर्‍यो । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । जिसँगै प्रतियोगितामा चौथो जित हासिल गरेको मधेसले आठ अङ्क जोडेको छ । छ खेलमा आठ अङ्क जोड्दै मधेस प्रदेश तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै चार खेलमा तीन जित र एक खेलमा हार बेहोर्दै सुदुरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा छ । 
     
    मधेस प्रदेशले प्रस्तुत गरेको तीन सय २० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४ दशमलव ५ ओभरमा सवै विकेट गुमाउदै दुई सय ३९ रनमा समेटियो । सुदूरपश्चिमका लागि नरेन भट्टले एक सय २२ बलमा १३ चौका र एक छक्काको मद्दतमा एक सय २१ रन बनाए । यसैगरी नारायण जोशीले २६, किरण ठगुन्नाले २०, नरेन साउदले १८, खडक बोहराले १४ तथा गजेन्द्र बोहराले १२ रन बनाए । 
     
    मधेसका लागि राजेश यादव र प्रदीप पासवानले समान तीन विकेट लिए भने  रञ्जित कुमारले दुई तथा कप्तान हरिशङ्कर शाह र पवन सराफले समान एक/एक विकेट लिए ।
     
    त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेस प्रदेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय १९ रन बनाएको थियो । मधेसका लागि मायन यादवले एक सय २८ बलमा आठ चौका र दुई छक्काको सहयोगमा एक सय १५ रनको योगदान दिए ।
     
    त्यसैगरी पवन सर्राफले ६३ बलमा चार चौका र चार छक्काको मद्दतमा ७० रन बनाए । अनिल शाहले ७० बलमा ६ चौका र दुई छक्काको मद्दतले ६९ रनको योगदान गरे ।  रुपेश सिंहले २१, अविशेक तिवारीले १६ तथा हरिशंकर शाहले १४ रन बनाए ।
     
    सुदूरपश्चिमका लागि शेर मल्लले चार विकेट लिए भने  विकाश आग्रीले दुई तथा नारायण जोशी र गजेन्द्र बोहराले समान एक/एक विकेट झारे । 


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस