मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको बैजनाथ मन्दिरमा भगवान् शिवको प्राण प्रतिष्ठा


पश्चिम प्रेस
शनिबार, माघ १३ २०८०
  • 590
    Shares

  • images
    images
    कञ्चनपुरको बैजनाथ मन्दिरमा भगवान् शिवको प्राण प्रतिष्ठा

    महेन्द्रनगर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित प्राचीन सिद्धनाथ बैजनाथ मन्दिरमा हिजो (शुक्रवार) कृष्ण प्रतिपदाको अवसर पारेर प्राण प्रतिष्ठाको कार्यक्रम गरी भगवान् शिवको मूर्ति स्थापना गरिएको छ ।

    पञ्च ब्राम्हणले मन्त्रोच्चारण गरी भगवान शिवको मूर्तिको प्राण प्रतिष्ठा गरेका हुन् । स्थानीय भक्तजनले चन्दा सङ्कन गरी मन्दिर निर्माणसँगै भारतबाट अराध्यदेव शिवको सिंहमरमरको मूर्ति ल्याएका हुन् । मूर्तिसँगै मन्दिरमा शिव लिङ्ग पनि स्थापना गरिएको छ । 

    मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा नगर उपप्रमुख कल्पना पन्त, नगर प्रवक्ता लालबहादुर ऐर, वडाध्यक्ष कमल ठकुल्ला, दानसिंह ऐर, रमेश ऐर, नरेन्द्रप्रसाद चौधरीलगायत उपस्थित थिए । सिद्धनाथ बैजनाथ मन्दिर यसक्षेत्र कै प्राचीन मन्दिर हो । 

    स्थानीय सामाजसेवी करन सिंह ऐरका अनुसार १० लाख रुपैयाँ चन्दा संकलन गरी मन्दिर  निर्माण  गरिएको हो । मन्दिरको भौतिक पूर्वाधार विकासमा वडा कार्यालयबाट ३ लाख रुपैयाँ बरावरको सहयोग प्राप्त भएको छ । 


  • सम्बन्धित विषय:

  • # भगवान् शिवको प्राण प्रतिष्ठा
  • प्रतिक्रिया दिनुहोस