सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा बन्दुकसहित एक जना पक्राउ


पश्चिम प्रेस
आइतबार, माघ १४ २०८०
  • 509
    Shares

  • images
    images
    खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा बन्दुकसहित एक जना पक्राउ

    डोटी । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

    अछामको साँफेबगर नगरपालिका–१४ मा पर्ने दुनि पातलकोटस्थित पाटे वनमा एक थान बन्दुकसहित एक जनालाई पक्राउ गरिएको खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन सरोज मणि पौडेलले बताए।

    पक्राउ परेका ती व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम अनुसन्धान हुने र अवैध हातहतियार लिएर रातको समयमा जङ्गल प्रवेश गरेकोले हातहतियार तथा खरखजाना सम्बन्धी ऐन बमोजिम अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछाममा बुझाइने बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # पक्राउ
  • प्रतिक्रिया दिनुहोस