महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा भइरहेको मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको दोस्रो खेलमा मधेश प्रदेशमाथी एपीएफले एकतर्फी जित निकालेको छ ।
महेन्द्रनगरको खुला मञ्चमा आजदेखि सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा एपीएफले मधेश प्रदेशलाई ३–० को अन्तरले हराएको हो ।
यसअघि भएको पहिलो खेलमा लुम्बिनीमाथि पुलिसले जित हात पारेको थियो । सो खेलमा पनि पुलिसले लुम्बिनीलाई ३–० ले हराएको हो ।
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा रहेको प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन् ।
.gif)