आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

विहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा


पश्चिम प्रेस
आइतबार, माघ १४ २०८०
  • 403
    Shares

  • images
    images
    विहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

    विहार । भारतको विहार प्रान्तका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री नितिश कुमारले मंगलबार राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन्।

    उनको राजीनामापश्चात् भारतीय जनता पार्टीले नितिशले विहारका जनता र बीजेपीलाई धोका दिएको प्रतिक्रिया दिएको छ। विहार बीजेपीका अध्यक्ष सन्जय जायसवाले पटनामा एक पत्रकार सम्मेलनमा नितिशको यो कदमलाई विहारका जनताले नसहने बताए।

    उनले सञ्चारमाध्यमलाई भने, 'आज मैले पदबाट राजीनामा दिएको छु। हामीले पार्टीका जनताको कुरा सुनेर सरकार अन्त्य गर्ने प्रस्ताव राख्यौं। आज गठबन्धनबाट अलग भयौँ।'

    मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नितिशले तेजस्वी यादवलाई भेटेका छन्। राज्यपाललाई राजीनामा बुझाएपछि नितिश सिधै यादवलाई भेट्न उनको घर पुगेका थिए।

    यो भेट नितिश कुमारको मुख्यमन्त्री निवासमा भएको थियो । जसमा विधायक, व्यवस्थापिका सदस्य र सांसदहरूको सहभागिता रहेको थियो । त्यसपछि नितिश कुमार राजभवन गएका थिए ।


  • सम्बन्धित विषय:

  • # नितिश कुमार
  • प्रतिक्रिया दिनुहोस