नेपालका प्रमुख व्यवस्थित सहरहरुमा महेन्द्रनगर पनि एक हो । सहरको निर्माण व्यवस्थित भए पनि वर्तमान समयमा बजार क्षेत्रकै मुख्य सडकहरुको अवस्था भने खाल्टाखुल्टीले भरिएको छ । सुन्दर सहरलाई सडकमा भएका खाल्टाखुल्टीहरुले अत्यन्तै कुरुप बनाइदिएको छ । बर्षादको समयमा खाल्टाहरमा पानी भरिएर एकातिर हिलाम्य भइरहेको हुन्छ भने आर्कोतिर खाल्टाखुल्टीकै कारण दुर्घटना पनि बढ्दै गइरहेका छन् । सडकहरमा पानीको लाइन बिछाउँदा पिच तोड्नुपर्ने र पछि त्यसलाई त्यत्तिकै छोडिदिने समस्याले पनि सडकका कतिपय ठाउँमा खाल्टाखुल्टी परेका छन् भने कतै राम्ररी पिच नभएका तथा धेरै पुरानो भएर जिर्ण भइसक्दा पनि सरोकार वालाहरुको ध्यान नदिदा बजारका गल्लीहरु समेत कुरुप हुँदै गइरहेका छन् । महेन्द्रनगर बजारलाई सुन्दर सहरहरु मध्ये एक बनाउने हो भने सर्वप्रथम बजारक्षेत्रका सडकहरुको सुधार गर्नु अत्यन्त आवश्यक देखिन्छ ।
.gif)