मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बाजुरामा चट्याङ लागेर एक वृद्धको मृत्यु


पश्चिम प्रेस
बिहीबार , माघ १८ २०८०
  • 413
    Shares

  • images
    images
    बाजुरामा चट्याङ लागेर एक वृद्धको मृत्यु

    बाजुरा । बाजुरामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । बुधवार राति खप्तड छेडेदह गाउँपालिका २ का ८४ बर्षका दान बहादुर बुढाको मृत्यु भएको हो ।

    हिजो (बुधवार) राति घरमा चट्याङ पर्दा बुढाको मृत्यु भएको छ भने घरका अन्य सदस्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरमा रहेका दुई वटा बाख्रा समेत मरेका जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

    क्षतिको एकिन विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # चट्याङ
  • प्रतिक्रिया दिनुहोस