आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

विश्वकप क्रिकेट : भारतले नेपाललाई दियो दुई ९८ रनको चुनौती


पश्चिम प्रेस
शुक्रबार, माघ १९ २०८०
  • 567
    Shares

  • images
    images
    विश्वकप क्रिकेट : भारतले नेपाललाई दियो दुई ९८ रनको चुनौती

    काठमाडौँ ।  आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आज भएको खेलमा भारतले नेपाललाई जितका लागि दुई सय ९८ रनको चुनौती दिएको छ । 

    दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ९७ रनको योगफल बनायो । 

     भारतका लागि सचिन दासले सर्वाधिक एक सय १६ रनको योगदान दिए । उनले एक सय एक बलमा ११ चौका र तीन छक्का प्रहार गरे । कप्तान उदय सहरानले एक सय सात बलमा नौ चौकाको सहायताले एक सय रन बनाए । त्यसैगरी आदर्श सिहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ तथा अर्सिन कुलकर्नीले १८ रन बनाए । मुसहिर खानले अविजित ९ रन बनाए । 

    नेपालका लागि गुल्शन झाले तीन विकेट लिए भने आकाश चन्दले एक विकेट झारे ।


  • सम्बन्धित विषय:

  • # विश्वकप क्रिकेट
  • प्रतिक्रिया दिनुहोस