आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

आफ्नै मृत्युको झुटो खबर फैलाएकी पुनम पाण्डेविरुद्ध प्रहरीमा उजुरी


पश्चिम प्रेस
आइतबार, माघ २१ २०८०
  • 643
    Shares

  • images
    images
    आफ्नै मृत्युको झुटो खबर फैलाएकी पुनम पाण्डेविरुद्ध प्रहरीमा उजुरी

    नयाँ दिल्ली ।  आफ्नो मृत्युको झुटो खबर फैलाउने भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेविरुद्ध उजुरी दर्ता भएको छ ।

     शुक्रबार बिहान सामाजिक सञ्जालमा अभिनेत्री पाण्डेको खबरले चलचित्र जगत नै स्तभ्द भएको थियो । पाण्डेकी म्यानेजरले इन्ष्टाग्राम पोस्टमा सर्भिइकल क्यान्सरका कारण अभिनेत्रीको मृत्यु भएको घोषणा गरेकी थिइन् ।  

    तर शनिबार पाण्डे आफैँले एउटा भिडियो शेयर गर्दै सर्भिकल क्यान्सरप्रति जागरूकता जगाउन आफ्नो मृत्युको नाटक गरेको बताइन् । पब्लिसिटी स्टन्ट र पीआरका लागि पुनमले मरेको नाटक गरेको अनि यो उचित नभएको अभिनेता लगायतको भनाई थियो । 

    सोही घटनाविरुद्ध वकिल अली काशिफ खान देशमुखले पाण्डेविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । अभिनेत्रीको म्यानेजर निकिता र एजेंसी हटरफ्लाईविरुद्ध पनि एफआईआरको माग गरिएको छ । 

    सर्वसाधारणलाई धोका दिएका अनि सर्भिकल क्यान्सरको नाममा घोखाधडी गरेको मामिलामा कारबाही गर्न भनिएको छ । अल इन्डिया सिने वर्कर्स एशोसियशनले पनि पाण्डे विरुद्ध एफआईआर गर्ने बताइएका छन् । 


  • सम्बन्धित विषय:

  • # पुनम पाण्डे
  • प्रतिक्रिया दिनुहोस