सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

प्रहरी निरीक्षकले राजीनामा दिन बाध्य पारेको प्रति कञ्चनपुर प्रहरीको आपत्ति


पश्चिम प्रेस
सोमबार, माघ २२ २०८०
  • 2.2K
    Shares

  • images
    images
    प्रहरी निरीक्षकले राजीनामा दिन बाध्य पारेको प्रति कञ्चनपुर प्रहरीको आपत्ति
    images
    images
    images
    images

    महेन्द्रनगर । बाजुरामा कार्यरत प्रहरी जवान नरेन्द्र नाथले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकी प्रहरी निरीक्षक बिनु शाहीले यातना दिएको र यातना सहन नसकेर आफूले जागिरबाट राजीनामा दिन बाध्य बनाएको भन्दै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका खबरहरू प्रति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आपत्ति जनाएको छ । 

    प्रहरी निरीक्षक शाहीको यातना सहन नसकेर आफूले राजीनामा दिएको उनको भनाइले सामाजिक सञ्जाल तरङ्गित बनेको थियो । तर आज जिल्ला प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै उनका भनाई प्रति आपत्ति जनाएको हो ।

    प्रहरी जवान नरेन्द्र नाथका अनुसार बाजुरामा कार्यरत आफू केही समयअघि बिदामा कञ्चनपुर महेन्द्रनगर आएका थिए । बिदामा छदा कञ्चनपुर  प्रहरीबाट आफूले बिदा थपेको उनी बताउँछन् । बिदा थप बारे बुझ्न आफू जिल्ला प्रहरी कार्यालय पुग्ने बित्तिकै आफू र आफ्ना साथी र दुई जना अन्यलाई प्रहरीले नियन्त्रणमा लिएको बताउँछन् । 

    images

    तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज सार्वजनिक गरेको विज्ञप्तिमा हेर्दा बाजुराबाट निदा लिएर आएका नाथ गत पुस २२ गते कार्यालयका आफू खुसी आएर हिरासत कक्षमा गएर थुनुवाहरूलाई सुर्ती, गुट्खाजन्य पदार्थ दिइरुहेको अवस्थामा फिल्ड अधिकृतले फेला पारेका थिए । सो कार्य नगर्न भनी फिल्ड अधिकृतले सम्झाउन खोज्दा उल्टै धम्कीपूर्ण, अपशब्द प्रयोग गरेको उल्लेख छ । सरकारी पदमा रहेको व्यक्तिले अनुशासनहीन कार्य गरिरहँदा नाथ कार्यरत जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि पत्र पठाइएको थियो ।  

    सञ्चार माध्यमहरूमा नाथले बिना कारण यातना दिने गरेको उल्लेख गरेका छन् । साथै प्रहरी निरीक्षक शाहीले आफूलाई जागिर नछाडे अभद्र व्यवहार वा जबरजस्ती करणीको मुद्दा चलाउँछु भनेर दबाब दिने गरेकी उनले बताएका थिए । 

    यता प्रहरी कार्यालय कञ्चनपुरले हाल बाजुरामा कार्यरत नाथको राजीनामासँग कुनै पनि सम्बन्ध नरहेको र यससम्बन्धी कुने जानकारी नभएको दाबी गरेको छ । नाथले आफू निर्दोष हुँदाहुँदै यातना दिइएको कुरा कपोकल्पित भएको विज्ञप्तिमा उल्लेख छ ।

    प्रहरी जवान नाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत समेत नभएको उनले बताए। साथै उनको राजीनामाको विषयमा समेत कञ्चनपुर प्रहरीलाई जानकारी छैन। पौष २२ गते प्रहरी जवान नाथले आफू निर्दोष हुँदाहुँदै पनि प्रहरी निरीक्षकको यातनाले जागिर छोड्न बाध्य भएको आरोप लगाइरहेका बेला यस विषयमा बाजुरा प्रहरीलाई बुझ्दा प्रहरी जवान नाथले पौष ८ गते नै जागिरबाट राजीनामा दिएर गएको खुल्न आएको छ। उनलाई समस्या परेको भए गुनासो सुन्ने अधिकार समक्ष आउनुपर्नेमा अहिलेसम्म नआएको समेत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    यसअघि पनि प्रहरी जवान नाथले पदीय आचरण विपरीत कार्य गरिसकेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असोज ६ गतेको भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित गोलमोल चोकमा स्थानीयहरू बिच एक आपसमा झगडा भएको थियो । सोही क्रममा कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया बस्ने गणेश राज भट्टको सुनको सिक्री खस्यो । खोजतलासको क्रममा स्थानीयले फेला पारे र प्रहरी चौकी बागफाँटामा कार्यरत जवान नरेन्द्र नाथलाई बुझाए । अर्काे  दिन आफ्नो सुनको सिक्री दिन चौकीमा आउँदा सिक्रीका टुक्रा टुक्रा पारी भट्टलाई लिइयो । सिङ्गो सिक्रीलाई टुक्रा पारिएको भन्दै भट्टले जिल्ला कार्यालय कञ्चनपुरमा गुनासो गरे । प्रहरीले छानबिन गर्दा प्रहरी जवान नाथले नियतवश टुक्रा टुक्रा पारिएको पुष्टि भयो । प्रहरी जवान नाथले पदीय आचरण विपरीत गैरजिम्मेवारीपूर्ण कार्य गरेकोमा गत मङ्सिर १२ गते प्रहरी नियमावली २०७१, बमोजिम अभिलेखमा जानिने गरी पहिलो पटक नसिहत दिइएको थियो ।


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर प्रहरी
  • प्रतिक्रिया दिनुहोस