काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन स्थलमा आईतबार तेस्रो दिन एमाले कार्यक्रताहरु देउडामा झुमे ।
ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा प्रस्तुत तीनवटा प्रतिवेदनमाथि समूह छलफल सकिएपछि सुदूरपश्चिम प्रदेश र मध्यपश्चिम क्षेत्रका नेता कार्यकर्ताको साथमा महाधिवेशन प्रतिनिधिले गोदावरीमा देउडा खेलेका हुन ।
सम्मेलन हलको प्रांगणमा प्रतिनिधिहरूले सुदूरपश्चिमको मौलिक परम्परा देउडा प्रस्तुत गरेका छन । देउडा संस्कृतिको संरक्षण र प्रचारप्रसार गर्दै नेताहरू लेखराज भट्टलगायतका महिला तथा पुरुष प्रतिनिधिले देउडा नाचेका हुन । तीन दिनदेखि जारी नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदैछ । महाधिवेशनमा देशभरबाट करिब ६ हजार एमाले नेता÷कार्यकर्ता सहभागी छन ।
.gif)