शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदमा आवेदन आह्वान


पश्चिम प्रेस
शुक्रबार, माघ २६ २०८०
  • 757
    Shares

  • images
    images
    सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदमा आवेदन आह्वान

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति (भीसी) पदका लागि आवेदन खुलेको छ ।

    सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १८ फागुनमा सकिँदैछ । त्यसैले विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।

    उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आज सार्वजनिक सूचना जारी गर्दै इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गरेको छ ।

    विश्वविद्यालयको भीसीका लागि आवेदन दिने म्याद सूचना प्रकाशित भएको मितिले १० दिन छ । आवेदन विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरमा पेश गर्न भनिएको छ ।

    image-67.webp


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस