महेन्द्रनगर । कञ्चनपुरमा ‘स्पिकिङ आइडल’ प्रतियोगिताका लागि अडिसन दोधारा चाँदनमिा सम्पन्न भएको छ । दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ को सहयोगमा वडा भवनमा अडिसन सम्पन्न भएको हो ।
वडा भवनमा भएको अडिसनमा उत्कृष्ट १० जना छनौटमा पर्न सफल भएका छन् । छनौटमा पर्नेमा शेखर भट्ट, प्रतिभा चन्द, हेमा भट्ट, आशिष सुनार, बबिता कार्की रहेका छन् । यस्तै, प्रतिक्षा चन्द, मनिष सुनार, देविसरा सुनार, महेश जोेशी र सरस्वती जोशी छनौटमा पर्न सफल भएका छन् ।
अबको अडिसन भोली (२७ गते ) भिमदत्तनगर स्थित आदर्श विद्या निकेतनमा हुनेछ ।
अडिसन यात्रा पार गरेका प्रतियोगीहरूले भिमदत्तनगरमा हुने थप लेन्स स्पिकिङ राउन्ड र सम्भावना राउन्ड गरी २ चरणमा प्रतिस्पर्धा गर्नेछन् । सम्पूर्ण चरण पार गर्ने उत्कृष्ट १० जनाले स्पिकिङ आइडल सिजन ४ को उपाधिका निम्ति फाल्गुन २ गते भिमदत्तनगर स्थित उद्योग वाणिज्य सङ्घको हलमा आयोजना हुने ग्राण्ड फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा विजेताले एक थान ल्यापटप, उत्कृष्ट १० भित्र पर्नेलाई शैक्षिक सामग्रीको विशेष प्याकेज र टप ४० जनालाई प्रमाण पत्र प्रदान गरिनेछ ।
.gif)