सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

‘स्पिकिङ आइडल’को लेन्स स्पिकिङ‌ राउन्ड सम्पन्न, उत्कृष्ट २० जना छनौट


पश्चिम प्रेस
सोमबार, माघ २९ २०८०
  • 1.9K
    Shares

  • images
    images
    ‘स्पिकिङ आइडल’को लेन्स स्पिकिङ‌ राउन्ड सम्पन्न, उत्कृष्ट २० जना छनौट
    images
    images
    images
    images

    महेन्द्रनगर । कञ्चनपुरको लियो क्लब अफ महाकाली क्लासिकले आयोजा गरेको ‘स्पिकिङ आइडल’को अडिसन यात्रा पार गरेर आएका विद्याथीहरुको फाइनल अघिको लेन्स स्पिकिङ‌ राउन्ड आज सम्पन्न भएको छ । जिल्लाभरका बिभिन्न विद्यालयबाट प्रतिनिधित्व गरी अडिसन यात्रा पार गरेर आएका ५१ जन विद्यार्थीमध्ये उत्कृष्ट २० जनालाई लेन्स स्पिकिङ‌ राउन्डमार्फत छनौट गरिएको छ । 

    महेन्द्रनगरस्थित ब्रिष्टन कलेजमा सम्पन्न भएको प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै उनीहरु छनौटमा पर्न सफल भएका छन् । छनौटमा पर्नेमा गणेश रतौकी, जतिन पन्त, आकृति बोहरा, सान्तवना पोखरेल, लोकेन्द्र रनज जोशी, पुरन धामी, अनमोल मणी न्यौपाने, भावना जोशी, रोहित पन्त रहेका छन् । यस्तै, बिमला भट्ट, प्रतिक्षा चन्द, सपना भानुक अर्विन जोशी, भुवनेश्वरी लावड, पुर्णिका चन्द, शेखर भट्ट, भुवनेश्वर प्रसाद पन्त, सरस्वती जोशी, बबिता कार्की र गीता ओझा दोस्रो चरणका लागि छनौटमा पर्न सफल भएका छन् । 

    shuklaphanta (4).png

    आज छनौटमा परेका विद्यार्थीका लागि भोली (फागुन १ गते) दोस्रो चरणको लेन्स स्पिकिङ‌ राउन्ड ब्रिष्टन कलेजमा बिहान ११ बजे सञ्चालन हुनेछ । जस्मा उत्कृष्ट १० जनालाई फाइनलका लागि छनौट गरिनेछ । 

    images

    उत्कृष्ट १० जनाले स्पिकिङ आइडल सिजन ४ को उपाधिका निम्ति फाल्गुन २ गते  भिमदत्तनगर‌ स्थित उद्योग वाणिज्य सङ्घको हलमा आयोजना हुने ग्राण्ड फाइनलमा‌ प्रतिस्पर्धा गर्नेछन् । 

    प्रतियोगितामा विजेताले एक थान ल्यापटप, उत्कृष्ट  १० भित्र पर्नेलाई शैक्षिक सामग्रीको विशेष प्याकेज र टप ४० जनालाई प्रमाण पत्र प्रदान गरिने क्लबका अध्यक्ष आयुष विक्रम जैरुले बताए ।


  • सम्बन्धित विषय:

  • # स्पिकिङ आइडल
  • प्रतिक्रिया दिनुहोस