डडेल्धुरा । डडेल्धुरामा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जबरजस्ती करणी आरोपमा जिल्लाको आलिताल गाउँपालिका–५ का २० वर्षीय पुष्कर थापा पक्राउ परेका हुन्।
घटना गत माघ ६ गतेको भएपनि बाहिरिएको भने थिएन तर बलात्कृत १२ वर्षीया बालिकाको स्वास्थ्यमा समस्या आएपछि आफन्तले आइतवार उनलाई परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल पुर्याइएका थियो ।
उपचारमा संलग्न चिकित्सकले बालिकामाथि करणी भएको आशंका मानेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि आफन्तबाट जाहेरी लिएर युवकलाई पक्राउ गरि घटनावारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
.gif)