सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कपिलवस्तु बस दुर्घटना : मृत्यु हुनेमा कञ्चनपुरका मात्रै ७ जना


पश्चिम प्रेस
बिहीबार , फागुन ३ २०८०
  • 778
    Shares

  • images
    images
    कपिलवस्तु बस दुर्घटना : मृत्यु हुनेमा कञ्चनपुरका मात्रै ७ जना

    महेन्द्रनगर ।  कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दश जनाको पहिचान खुलेको छ ।

    महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको  सडकबाट दुई सय मिटर तल खसेको थियो ।

    दुर्घटनामा परी मृत्यु हुने १० जना मध्ये ६ जना कञ्चनपुरका रहेका छन् । जसमा भिमदत्त नगरपालिका १ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी,भिमदत्त ४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी,भिमदत्त नगरपालिका १६ कञ्चनपुर सन्जु थापा, पुनरवास नगरपालिका निवासी विसन भट्टको दुर्घटना स्थलमै मृत्यु भएको छ ।

    त्यस्तै भिमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भिमदत्त नगरपालिका २ बस्ने सुदिप भट्ट र पुनरवास नगरपालिका ९ बिसफाटा बस्ने विमला देवि भट्टको पहिचान खुलेको छ ।

    यस्तै,रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी ,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।  


  • सम्बन्धित विषय:

  • # कपिलवस्तु बस दुर्घटना
  • प्रतिक्रिया दिनुहोस