शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते


पश्चिम प्रेस
शुक्रबार, फागुन ४ २०८०
  • 528
    Shares

  • images
    images
    बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते
    बझाङ । बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।   
     
    बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने  घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
     
    जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पु¥याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए  । जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।


  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना
  • प्रतिक्रिया दिनुहोस