बैतडी । बैतडीमा रुखले च्यापिएर एक किशोरको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेयको आफैले काट्दै गरेको सल्लाको रुखले च्यापिएर मृत्यु भएको हो ।
आज (शुक्रवार) बिहान घर नजिकैको जङ्गलमा सल्लाको रुख काटिरहेका पाण्डेय रुख ढल्दा च्यापिएर गम्भीर घाइते भएका थिए । मध्यान्ह १२ बजेको समयमा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रकाश पाटन नगरपालिका वडा नं १ को स्थित सिद्धेस्वर मावि मेल्चौरामा कक्षा १०मा अध्यायनरत थिए ।
.gif)