महेन्द्रनगर । कैलालीको गोलावरी नगरपालिकामा पशु चौपाया व्यवस्थापनका नाममा थुनेर राखेका एक सय बढी पशु चौपाया मरेका छन् । जिल्लाको गोदावरी नगरपालिका–९ मा रहेको कान्जी हाउसमा पानी र आहार नपाउँदा पशु चौपाया मरेको बताइएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामलाल रानाका अनुसार स्थानीयले आफ्नो बाली जोगाउन गाईलाई जङ्गलको बीचमा बनाइएको कान्जी हाउसमा लगेर बाँध्ने गरेका थिए । जङ्गलको बिचमा बाधेका पशुलाई पानी र आहार नपाउँदा मरेको अनुमान गरिएको छ । उनले भने, ‘सामुदायिक वनले भावरमा कान्जी हाउस बनाएको छ। स्थानीयले त्यहाँ गाई लगेर बाँध्ने गरेका रहेछन्।, चिसो, भोक र रोगले मगरेका होलान।’
स्थानीय सरकारले छाडा चौपाया व्यवस्थापनका लागि बार्षिक बजेट खर्च गर्दापनि गौशालाको नाममा राष्ट्रिय जनावरको वध गर्ने अपराध भइरहेको महेन्द्रनगरस्थित आइ केयरयूका संरक्षणकर्मी विष्णु पनेरु बताउँछन्।
.gif)