मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

श्रीमती र दुई बालिकाको हत्यापछि ससुरालाई फोन गरेर आत्महत्या


पश्चिम प्रेस
बुधबार, फागुन ९ २०८०
  • 787
    Shares

  • images
    images
    श्रीमती र दुई बालिकाको हत्यापछि ससुरालाई फोन गरेर आत्महत्या

    काठमाडौँ । काठमाडौंमा एक व्यक्तिले श्रीमती र दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेको पाइएको छ ।

    सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले काठमाडौँको सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई बालिकाको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ । काठमाडौं । काठमाडौंको सीतापाइलामा एक व्यक्तिले श्रीमती र दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेको पाइएको छ ।

    सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई बालिकाको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

    श्रीमती, छोरी र एक नातिनीहो हत्यापछि उनले आफ्नै ससुरा र सासुलाई फोन गरेर घटनाका बारेमा जानकारी गराउँदै आफूले पनि आत्महत्या गर्न लागेको बताएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार श्रीमती र दुई बालिकाको हत्यापछि ह्वाइट गुम्बा नजिकै रहेको जंगलमा झुन्डिएको अवस्थामा राजुलाई परेका हुन् ।

    घटना बिहान साढे ७ बजेको रहेको बताइएको छ । एउटा आफ्नै छोरी र अर्को नातिनीको हत्या गरेको प्रहरी अधिकारीले बताएका छन् । उनका अनुसार राजुका दुई जना छोराहरु छन् । 

    बिहान ८ बजेतिर सासु रुकमाया श्रेष्ठ र ससुरा इन्द्रजितलाई फोन गरेर मैले तपाईंको छोरीलाई मारिसकेँ, घरमा गएर हेर्नुहोस् भनेको खुलेको छ । फोनमा अब म पनि मर्छु भनेपछि ससुरालीले नै पहिले प्रहरीमा खबरको बताइएको छ । 

    उनीहरु भाडाको घरमा बस्दै आएका थिए । आफन्तले दिएको जानकारीअनुसार घरमा त्यस्तो झैझगडा गरेको पनि जानकारी पाइएको थिएन । राजुले मादक पदार्थ पनि सेवन नगर्ने हुँदा के कारणले हत्यापछि आत्महत्या भएको भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

    अहिलेसम्म शव उठाइएको छैन ।  बद्रीप्रसाद बजगाइँको घरमा उनको परिवार भाडामा बस्दै आएको पाइएको छ । 


  • सम्बन्धित विषय:

  • # आत्महत्या
  • प्रतिक्रिया दिनुहोस