मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरका ९२ वडामा आईतबारदेखी दादुरा–रुबेला विरुद्ध खोप अभियान


पश्चिम प्रेस
बिहीबार , फागुन १० २०८०
  • 447
    Shares

  • images
    images
    कञ्चनपुरका ९२ वडामा आईतबारदेखी  दादुरा–रुबेला विरुद्ध खोप अभियान

    महेन्द्रनगर । कञ्चनपुरका नौ स्थानीय तहका बालकालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका ९२ वडामा यही फागुन १३ देखि २१ गतेसम्म अभियान सञ्चालन गरी खोप लगाइने भएको हो ।

    फागुन १३ देखि २१ गते ९नौ दिन० सम्म सञ्चालन हुने अभियानमा जिल्लाका पाँच सय ५३ खोप केन्द्रमार्फत नियमित खोप लगाउन छुटेका एक लाख ३८ हजार एक सय १२ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।  अभियानअन्तर्गत नौ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ । खोप केन्द्रमा स्वास्थ्यकर्मीसहित तीन जनालाई खटाइने छन ।  एक खोप केन्द्रमार्फत दुई सय ५० जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । नियमित खोप केन्द्रसँगै स्वास्थ्य संस्था र विद्यालयमा खोप केन्द्र निर्धारण गरिएका छन् । खोप अभियान कार्यक्रम सञ्चालनका लागि स्थानीय तहस्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठी सञ्चालन भइरहेका छन ।  सन् २०२६ सम्म रुबेला–दादुरा रोग निवारण गर्ने राष्ट्रिय उद्देश्य राखिएको छ । मुलुकका ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्ष उमेर समूह र कैलाली कञ्चनपुर सहितका २४ जिल्लाका नौ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई अभियानअन्तर्गत खोप लगाउने कार्यक्रम रहेको छ । 

    दादुरा–रुबेला खोप अभियान २०७६÷७७ अनुसार नियमित खोप लगाएका बालबालिका ८४ प्रतिशत थियो । उक्त तथ्याङ्कलाई बढाएर यस वर्षको अभियानमा ९५ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । आव २०७९÷८० मा १९ जिल्लामा एक हजार तीन सय ३९ बालबालिकामा दादुरा महमारी देखिएको थियो । कोभिड–१९ को महामारी र अन्य कारणले गर्दा दादुरा–रुबेला खोप लगाउन छुट बालबालिकाको सङ्ख्यामा वृद्धी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म ७२ जिल्लाका सात सय ३३ स्थानीय तह पूर्ण खोप घोषणा भइसकेका छन् ।   महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टको नेतृत्वमा तीन सदस्यीय एइएफआई समिति गठन गरिएको छ । 

    खोप अभियान सञ्चालनका लागि टोलटोलमा विद्यालयमार्फत निमन्त्रणा कार्ड पठाउने कार्य गरिएको छ । नेपालको जनसाङ्ख्यिक स्वास्थ्य सर्भेक्षण, २०२२ अनुसार चार प्रतिशत बालबालिकाले एउटा पनि खोप लगाएका छैनन् । करिब १६ प्रतिशत बालबालिकाले आंशिक खोप लगाएका छन भने ५२ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएका छन । 


  • सम्बन्धित विषय:

  • # दादुरा–रुबेला विरुद्ध खोप अभियान
  • प्रतिक्रिया दिनुहोस