मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो


पश्चिम प्रेस
आइतबार, असोज १७ २०७८
  • 821
    Shares

  • images
    images
    एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो

    काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद नराखिएपछि समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने मागपछि वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ ।
    समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने उनले बताए ।


    प्रतिक्रिया दिनुहोस