काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले नेपाली युवक समिप अर्याललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको पहिलो नम्बरमा राखेको छ ।
मेटाले अर्याललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको रुपमा पहिलो नम्बरमा राखेको हो ।
यस्तै नेपालकै विस्तृत दाहाल ७ औँ र सन्तबहादुर घर्तीमगर ९ औँ स्थानमा परेका छन् । एक क्लिकमै फेसबुक कब्जा गर्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएका कारण मेटाले आफूलाई ह्वाइट ह्याट अर्थात हल अफ फेमको पहिलो स्थानमा राखेको अर्यालले फेसबुक पोष्टमा उल्लेख गरेका थिए ।
ह्वाइट ह्याटलाई नैतिक सुरक्षा ह्याकरका रुपमा चिनिन्छ । यसअघि फेसबुकमा जुनसुकै एकाउन्ट एक क्लिक र शून्य क्लिकमै आफ्नो कब्जामा लिन सकिने कमजोरी थियो । त्यो पत्ता लगाएर जानकारी दिएका कारण मेटाले पहिलो नम्बरमा समेटेको उनको पोष्टमा उल्लेख छ ।
फेसबुकले यो कमजोरीलाई अहिले सुधार गरिसकेको छ । यसअघि सन् २०२३ मा पनि अर्याल फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएर ह्वाइट ह्याटको शीर्ष २७ औँ स्थानमा परेका थिए ।

.gif)