मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा


पश्चिम प्रेस
सोमबार, फागुन १४ २०८०
  • 566
    Shares

  • images
    images
    इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा

    काठमाडौँ । लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ। 

    काठमाडौं जिल्ला अदालतमा आइतबार कँडेलविरूद्ध एक महिलाले मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। 

    पीडित महिलाले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी हुन्।

    उक्त दफामा यौन दुर्व्यवहार गर्न नहुने कसुर उल्लेख छ। कसैमाथि यौन दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। 

    यसमा हदैसम्मको कारबाही गरी क्षतिपूर्ति समेत दिलाउन माग गरेको छ।


  • सम्बन्धित विषय:

  • # यौन दुर्व्यवहार
  • प्रतिक्रिया दिनुहोस