महेन्द्रनगर । कञ्चनपुरमा आईतवारदेखी राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आईतवारदेखी कञ्चनपुरबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सुरु गर्ने जनाएको छ । विभागका निर्देशक मुकेश केशरीले कञ्चनपुरबाट विवरण संकलन अभियान सुरु भएकाले वितरण पनि कञ्चनपुरबाटै गर्न लागेको जानकारी दिए । उनँका अनुसार कञ्चनपुरमा एक लाख ७९ हजार नौ सय ८७ जनाको विवरण संकलन गरिएको छ ।
जसमध्ये एक लाख ७२ हजार दुई सय ३८ जनाको परिचयपत्र छपाइ भएर आएको छ । “पहिलो चरणमा कञ्चनपुरका चारवटा पालिकामा परिचयपत्र वितरण सुरु हुनेछ ।” उाले भने–“त्यसका लागि विभागबाट २५ जनाको टोली कञ्चनपुर आएको छ ।” उहाँले विभागको टोली एकसातासम्म कञ्चनपुरमा बसेर काम गर्ने छ ।
“परिचयपत्र वितरणका लागि प्रत्येक वडामा तीन महिनाको अभियान सञ्चालन हुनेछ ।” निर्देशक केशरीले भने–“विभागले सामाजिक सुरक्षा भत्ताका लागि समेत परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ ।” त्यसैगरी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले आईतवारदेखी यहाँको भीमदत्त,दोधारा चाँदनी,बेलौरी र पुर्नवास नगरपालिकामा परिचयपत्र वितरण गर्ने जानकारी दिए ।
“ परिचयपत्र वितरणका लागि सम्पूर्ण तयारी भइसकेको छ ।” उाले भने–“२० वटा स्टेशनबाट प्रत्येक वडामा एक सातासम्म अभियान सञ्चालन हुने छ ।” परिचयपत्र प्राप्त गर्नका लागि व्यक्ति स्वयमले उपस्थित हुनुपर्ने उनले बताए ।
.gif)